पर्वत : गण्डकी प्रदेश सभाको आठौँ अधिवेशन तथा नवौँ बैठकबाट सोमबार नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेस गरिएको छ।नीति तथा कार्यक्रम को सुरुमा नै कोभिड–१९ बाट प्रभावित भएकाहरूलाई सम्बोधन गर्ने गरी प्रदेश प्रमुख सीता कुमारी पौडेलले नीति तथा कार्यान्वयन सार्वजनिक गरिन्।जसमा कोभिड महामारीका कारण आर्थिक रूपमा असर परेकोले प्रदेशमा उपलब्ध स्रोत र साधनलाई भरपूर प्रयोग गरिने, कोभिडमा बाबुआमा गुमाएका बालबालिकालाई राहत तथा परिवारका सदस्य गुमाएकालाई नगद राहत दिइने, प्रभावित उद्यमीलाई निर्ब्याज