नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता भएको बताएका छन् । चार वर्षअघिको जनमतका आधारमा निर्वाचित प्रतिनिधिले छान्ने नतिजा आजको यथार्थ नभएको उनले दाबी गरे ।
६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रिय सभा निर्वाचनको नतिजा एमालेका लागि प्रतिकूल आउन सक्ने बताएका हुन् । राष्ट्रिय सभा निर्वाचन र यसपछिका निर्वाचनमा पनि एमाले गठबन्धन नबनाई एक्लै लड्ने उनले उल्लेख गरे ।
‘राष्टिय सभाक...