मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ । योसँगै मधेस प्रदेश