धरौटीमा छुटेपछि गच्छदारको प्रतिक्रिया : 'अख्तियारले ममाथि पूर्वाग्रह राखेर मुद्दा दर्ता गरायो'

विशेष अदालतबाट १० लाख धरौटीमा रिहा भएका नेपाली कांग्रेसका उपसभापति तथा ललिता निवास जग्गा प्रकरणका अभियुक्त विजयकुमार गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रह राखेर मुद्दा दर्ता गराएको प्रतिक्रिया दिएका छन् ।धरौटी बुझाएर रिहा भएपछि बुधवार प्रतिक्रिया दिँदै नेता गच्छदारले भने, ‘डेढ वर्षपछि मिडियास...

सम्बन्धित सामग्री

अजय देवगन र सिद्धार्थ मल्होत्राविरुद्ध मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्राविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा मुद्दा दर्ता भएको छ । अजय र सिद्धार्थ ​​आफ्नो आगामी फिल्म ‘थ्याङ्क गड’ लाई लिएर यतिबेला निकै चर्चामा छन् । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले […]

हम्फ्राइजको स्वर्ण पदक कथा

क्यानडामा जन्मिएकी केली हम्फ्राइजले अमेरिकाको लागि पहिलो शीतकालीन ओलम्पिकको स्वर्ण पदक जितेकी छिन्। उनको यो तेस्रो स्वर्ण पदक भए पनि यस अगाडीका प्रतिस्पर्धामा उनले क्यानडाका तर्फबाट प्रतिनिधित्व गर्ने गरेकी थिइन्। यस सफलतासँगै उनले कहिल्यै पनि हिम्मत नहारेको प्रतिक्रिया दिएकी छिन्। ३६ वर्षीय यी खेलाडी सन् २०१८ का क्यानडामा आफू यौन दुर्व्यवहार भएको भन्दै मुद्दा दर्ता […]

राधेको रिभ्युबाट हैरान बनेका सलमानले हाले मानहानीको मुद्दा

सलमान खानको फिल्म ‘राधे’ ले राम्रो प्रतिक्रिया पाइरहेको छैन । जसकारण सलमान आफैं हैरान छन् । र, सलमान खानको लिगल टिमले समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको छ ।केआरकेले आफैं ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । त्यस्तै, अब सलमानको कुनै पनि फिल्मको रिभ्यु नगर्ने घोषणा समेत केआरकेले गरेका छन् । उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्,‘तपाईले राम्रो फिल्म बनाउनुपर्ने थियो ।’केही दिनअघि आफ्नो एक ट्वीटमा केआरकेले राधे फिल्मको जमेर आलोचना

आज भएन मुद्दा दर्ता : प्रचण्डद्वारा आफ्नो पक्षमा सांसद थपिएको जिकिर

नयाँ बानेश्वरको संसद भवनमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, ‘कोही कन्फ्युजनमा नपर्नु होला, अस्ति १४९ मा हस्ताक्षर नगर्नेमा केही सांसद थपिनु भएको छ, घट्नु भएको छैन।’ उनले सो बताए पनि कोको सांसद थपे खुलाएका छैनन्।

लिखित जवाफ लिएर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्चमा

काठमाडौं । चार पूर्व प्रधानन्याधीश अवहेलनासम्बन्धी मुद्दाको जवाफ दिन सर्वोच्च अदालत हाजिर भएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ लिएर पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार सर्वोच्च पुगेका हुन् । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ । पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धसमेत सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ ।