अदालतको फैसलाको गठबन्धनद्वारा स्वागतः सानो आकारको मन्त्रिपरिषद् बन्ने

पाँचदलीय गठबन्धनले सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ । अदालतले मङ्गलबार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएका सन्दर्भमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गरिने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । उहाँले मङ्गलबार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरुबीच कुराकानी भएको बताउनुभयो ।

सम्बन्धित सामग्री

एमाले र माओवादीबाट को-को छन् मन्त्री बन्ने चर्चामा ?

काठमाडौं, २७ पुष । प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसकेका छन्। उनले प्रधानमन्त्रीमा नियुक्तहुँदा नै सानो संख्यामा मन्त्रिपरिषद् विस्तार गरेपनि बाँकि मन्त्रिपरिषद् विश्वासको मतपाएपछि मात्रै विस्तार गर्ने बताएका थिए। सम्भवत: प्रधानमन्त्री प्रचण्डले अब २/३ दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्नेछन्। यसैबीच नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बाट क-कसले मन्त्री पाउने भन्ने बारे चर्चा […]

मन्त्रिपरिषद् विस्तार देउवाका लागि बलियो हतियार

अक्कल कुँवरकाठमाडौं, असोज २४ । अनपेक्षित सत्ताको बागडोर सम्हाल्ने अवसर पाउनुभएका नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सत्तालाई पार्टीभित्र आफू बलियो बन्ने हतियारको रुपमा प्रयोग गर्नुभएको छ । यसको ज्वलन्त उदाहरण हो मन्त्रिपरिषद् विस्तार । मन्त्रिपरिषद् विस्तारसँगै पार्टीभित्रको इतर समूहभित्र विवाद उत्पन्न भएको छ भने देउवाका प्रतिष्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल सानो हिस्सामा खुम्चिन बाध्य हुनुभएको […]

गृहमन्त्रीमा खाँण र कानुनमा कार्कीले सपथ लिने

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सो पार्टीबाट तत्काल दुई जना मन्त्री बन्ने भएका छन्।कांग्रेसका अनुसार गृहमन्त्री बालकृष्ण खाँण तथा ज्ञानेन्द्र बहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने बुझिएको छ। देउवासँगै खाँण र कार्कीले सपथ खाने बुझिएको छ।खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन्। देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा सुरु हुँदैछ। प्रधानमन्त्री पछि मन्त्रीले सपथ गर्ने छन्। देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन

जनार्दन अर्थ र पम्फा ऊर्जा मन्त्री बन्ने

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

माओवादीका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने

नेकपा माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीका तर्फबाट पहिलो चरणमा भुसाल र शर्मा मन्त्री बन्ने पक्का भएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।  नेपाली कांग्रेसका तर्फबाट पनि आज २ जनाले मन्त्रीको शपथ लिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाको शपथ राष्ट्रपति कार्यालयमा साँझ ६ बजेका लागि तय भएको छ ।

देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिपरिषद् बनाउने

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ। देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन्।...

सात सदस्यीय मन्त्रिपरिषद् बनाउने देउवाको तयारी

काठमाडौँ । आज प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । पाँचौँ पटक प्रधानमन्त्रीको शपथ लिन लागेका देउवाले सात सदस्यीय मन्त्रिपरिषद् गठनको प्रस्ताव गरेका हुन् । उनले नेपाली काँग्रेसबाट दुई, नेकपा माओवादी केन्द्रबाट दुई, जसपा र राजमाेबाट एक एक जनालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले […]

देउवाको नेतृत्वमा सानो मन्त्रिपरिषद् !

सर्वोच्च अदालतको आदेश बमोजिम आज बेलुकासम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने छ । देउवाको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद बनाउने विपक्षी गठबन्धनले निर्णय गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएपछि पाँचदलीय गठबन्धनले सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्दै सो निर्णय …

आज सानो आकारको मन्त्रिपरिषद् बन्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने हुनुभएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो । […]

देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै, सानो आकारको मन्त्रिपरिषद् बन्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले  राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको तयारी भएको छ। देउवालाई प्रधानमन्त्री बनाउने र अन्य विषयमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गर्ने तयारी भइरहेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए। उनले सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्ने बारेमा नेताहरुबीच कुराकानी भएको बताएका छन्।  राष्ट्रपति कार्यालयले मंगलवार ५ बजेभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पद...