आज सानो आकारको मन्त्रिपरिषद् बन्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने हुनुभएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो । […]

सम्बन्धित सामग्री

देउवा सरकार : गृहमा बालकृष्ण खाण र अर्थमा जनार्दन शर्मा !

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएर मंगलवार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । स्रोतका अनुसार गृहमन्त्री कांग्रेसका बालकृष्ण खाण र अर्थमन्त्री माओवादीका जनार्दन शर्मा बन्ने लगभग निश्चित भएको छ ।  यसअघि अर्थमन्त्री प्रधानमन्त्रीको पार्टीले राख्ने गरेकोमा यसपटक देउवाले अर्थ मन्त्रालय माओवादीलाई दिएका छन् ।  जनता समाजवादी पार्टी आज सरकारमा नजाने भएपछि देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई मात्र शपथ गराउने भएका हुन् ।  माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ...

कांग्रेसका तर्फबाट अझै टुंगिएन मन्त्रीको नाम, पहिलो चरणमा कार्की भने समेटिने

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार साँझ पद तथा गोपनीयताको शपथ लिँदैछन् । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।  माओवादीले सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम देउवालाई बुझाइसकेको छ । तर, कांग्रेसले भने अहिलेसम्म मन्त्री बन्नेको नाम टुङ्ग्याएको छैन । स्रोतका अनुसार ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणमा समेटिँदै छन् । कांग्रेसका तर्फबाट बालकृष्ण खाण र डिला संग्रौला पनि मन्त्री बन्ने चर्चा छ । जसपाको उपेन्द्र यादव पक्ष आज सरकारमा नजाने भएपछि देउवाले कांग्रेस र माओवादीका तर्...

माओवादीका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने

नेकपा माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीका तर्फबाट पहिलो चरणमा भुसाल र शर्मा मन्त्री बन्ने पक्का भएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।  नेपाली कांग्रेसका तर्फबाट पनि आज २ जनाले मन्त्रीको शपथ लिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाको शपथ राष्ट्रपति कार्यालयमा साँझ ६ बजेका लागि तय भएको छ ।

सात सदस्यीय मन्त्रिपरिषद् बनाउने देउवाको तयारी

काठमाडौँ । आज प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । पाँचौँ पटक प्रधानमन्त्रीको शपथ लिन लागेका देउवाले सात सदस्यीय मन्त्रिपरिषद् गठनको प्रस्ताव गरेका हुन् । उनले नेपाली काँग्रेसबाट दुई, नेकपा माओवादी केन्द्रबाट दुई, जसपा र राजमाेबाट एक एक जनालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले […]

देउवाको नेतृत्वमा सानो मन्त्रिपरिषद् !

सर्वोच्च अदालतको आदेश बमोजिम आज बेलुकासम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने छ । देउवाको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद बनाउने विपक्षी गठबन्धनले निर्णय गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएपछि पाँचदलीय गठबन्धनले सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्दै सो निर्णय …

अदालतको फैसलाको गठबन्धनद्वारा स्वागतः सानो आकारको मन्त्रिपरिषद् बन्ने

पाँचदलीय गठबन्धनले सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ । अदालतले मङ्गलबार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएका सन्दर्भमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय गरिने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । उहाँले मङ्गलबार सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरुबीच कुराकानी भएको बताउनुभयो ।

माओवादीले आज मन्त्री नपठाउने

नेकपा माओवादी केन्द्रले नयाँ बन्ने सरकारमा आज मन्त्री नपठाउने भएको छ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सानो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन्। माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओलीले चार बजे प्रधानमन्त्रीको सपथ लिदैँछन्। लगत्तै केही मन्त्रीहरुको सपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी ओलीको छ। नेकपा माओवादी केन्द्रका एक नेताले पार्टी…