लयमा फर्किदै पर्यटन क्षेत्र : दुई महिनामै आए ३६ हजार पर्यटक

काठमाडौं :  करिब दुई वर्षदेखि कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो क्षति बेहोरेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ। कोरोनाको तेस्रो लहरको प्रभाव न्यून भएसँगै पर्यटन क्षेत्रमा सुधार आउन थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ।विदेशी पर्यटक देखिन थालेका छन् भने पर्यटन क्षेत्रमा बेरोजगार भएका श्रमिक पनि विस्तारै काममा फर्कन थालेका छन्। पर्यटन व्यवसायले कोरोनाको शुरुवाती चरणदेखि हालसम्म करिब २ खर्बको हाराहारी आर्थिक क्षति बेहोरेको छ। प्रतिमहिना करिब १० अर्बको क्षति

सम्बन्धित सामग्री

पर्यटन क्षेत्र लयमा फर्कियो : मन्त्री किराती

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको दाबी गरे। उनले आफू मन्त्री भइसकेपछि एक महिनामा ई–टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रमा उडाउन तीनवटा जहाज खरिद प्रक्रिया अघि बढिरहेको बताए। उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्

पर्यटक घटेपछि सुस्ताउँदै पर्यटन क्षेत्र

म्याग्दी : पर्यटकीय जिल्ला मुस्ताङ र म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेपछि यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ।अन्तर्राष्ट्रिय तथा राष्ट्रियरूपमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण म्याग्दी र मुस्ताङलगायत धौलागिरि क्षेत्रका बागलुङ र पर्वतमा समेत पर्यटकको सङ्ख्या घटेको हो।पर्यटक आगमन घट्दै गएपछि पर्यटकीय क्षेत्रहरू सुनसान भएका छन् भने व्यवसायी निराश बनेका छन्। यतिवेला मुस्ताङका मुख्य होटल र म्याग्दीको घोडेपानीमा एक/दुई होटलमा भन्दा अन्य होटलम

कोभिड–१९ पछि विदेशी पर्यटक बढे

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् ।  यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो ।सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । अप्रिल

पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै, जनवरीमा १६ हजार बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै छ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र बिस्तारै चलायमान […]

कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित

काठमाडौँ, १६ मङ्सिर: मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनःकोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल […]

तंग्रिँदै पर्यटन क्षेत्र‚ पर्यटक आगमनमा झिनो सुधार

काठमाडौं : करिब दुई वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले आर्थिक क्षेत्रमा ठूलो क्षति पुग्यो। अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्यो।पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ। कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सहयोग पुगेको छ।विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अन अराइभल भिसा’ व्यवस्था गरेसँगै पर्यटक आगमनमा सकारात्मक संकेत देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ

ब्युँझँदै गरेको पर्यटन क्षेत्र

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र अब ब्युँझिँदै गरेको आभास हुन थालेको छ । सन् २०२० को पर्यटन वर्ष घोषणाले पर्यटन व्यवसायी उत्साही बनेका थिए । सन् १९९८ र २०११ मा मनाइएको पर्यटन वर्ष र त्यसको आंशिक सफलताले सन् २०२० को भ्रमण वर्षका लागि पर्यटन व्यवसायीले आफ्ना व्यावसायिक प्रतिष्ठानको स्तरोन्नति र व्यापार विस्तारमा उल्लेख्य लगानी गरे । तर, अहिले सो समयमा लागेको ऋण, व्याज र किस्ताले पिरोलिइरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । तयारीका लागि क

नेपाल–भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा

नेपाल–भारत सीमा नाका बन्द हुँदा पर्यटन क्षेत्र धराशयी भएको छ । कोभिड सङ्क्रमण फैलन नदिनका लागि गरिएको सीमा नाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो ।     सीमा नाका बन्दले रुपन्देहीमा सञ्चालित ३०० बढी होटल तथा रेष्टुरेन्ट,  १०० बढी ट्राभल एजेन्सी धराशयी बनेको पर्यटन व्यवसायी बताउँछन् । निजी क्षेत्रको करिब रु २५ अर्ब लगानी रहेको रुपन्देहीमा सरकारले सीमा नाका बन्द गरिदिँदा सङ्कटमा परेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई दृष्टिगत गरी जिल्ला...

तङ्रिँदै गरेको पर्यटन क्षेत्र

करिब एक वर्ष पर्यटक शुन्य अवस्थाबाट नेपालमा पर्यटक आउने क्रम सुरु भएको छ । २०७८ सालमा परिस्थितिअनुकुल भए पर्यटक आगमनको दर बढ्ने निश्चित छ ।तर, गत वर्ष भने पर्यटन उद्योगका लागि कालो वर्ष नै रह्यो । सन् २०१९ को अन्त्यमा चीनबाट सुरु भएको कोभिड–१९ का कारण पर्यटन क्षेत्रलगायत सबै क्षेत्र सुनसान रहे । सरकारले २० […]