कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र अब ब्युँझिँदै गरेको आभास हुन थालेको छ । सन् २०२० को पर्यटन वर्ष घोषणाले पर्यटन व्यवसायी उत्साही बनेका थिए । सन् १९९८ र २०११ मा मनाइएको पर्यटन वर्ष र त्यसको आंशिक सफलताले सन् २०२० को भ्रमण वर्षका लागि पर्यटन व्यवसायीले आफ्ना व्यावसायिक प्रतिष्ठानको स्तरोन्नति र व्यापार विस्तारमा उल्लेख्य लगानी गरे । तर, अहिले सो समयमा लागेको ऋण, व्याज र किस्ताले पिरोलिइरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । तयारीका लागि क