इङलिस प्रिमियर लिग फुटबलमा शनिबार राति शीर्ष क्लबहरूले अप्रत्यासित हार सामना गरेका छन्।जारी सिजन खराब लयबाट गुज्रिरहेको लिभरपुल लिड्स युनाइटेडसँग २–१ ले स्तब्ध हुँदा चेल्सी भने ब्राइटनसँग उसैको मैदानमा ४–१ ले पराजित हुन पुग्यो। तर टोटनह्यामले भने पुनरागमन जित निकाल्दै तेस्रो स्थानमा पुग्यो।चेल्सी फराकिलो गोल अन्तरले हराउने क्रममा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक–एक गोल गरे। चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा फराकिलो हार भोग्यो।