सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित १३ दिने पदयात्रामा निस्किएको महिला टोली नाम्चे पुगेको छ। यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन्।‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका महिलाले संयुक्तरूपमा पदयात्रा गरी कालापत्थरमा पुगेर विशेष कार्यक्रम गर्ने आयोजक संस्था ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले बताइन्।