सिमकोट – पहिलो जिल्लास्तरीय देउडा प्रतियोगिता खार्पुनाथ गाउँपालिकाको महिला समूहले जितेको छ। २१ समूहलाई उछिन्दै खार्पुनाथको महिला टोली प्रतियोगितामा पहिलो भएको आयोजक कर्णाली कलाकार संस्थाका अध्यक्ष मनबहादुर रावतले जानकारी दिए। खार्पुनाथको टोलीले फाइनलमा सिमकोट गाउँपालिका–७ को डाँडाफयाको पुरुष टोलीलाई हराएको हो। दुई समूहलाई १२–१२ देउडा गीत गाउन लगाइएको थियो। विजेता महिलाको समूहलाई दुई वटा खसी […]