इजरायलविरुद्ध साउदी अरबले बोलायो ओआइसीको आपतकालीन बैठक

बीबीसी। इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्केपछि साउदी अरबले आज इस्लामिक देशहरुको संगठन (ओआइसी)को आपतकालीन बैठक बोलाएको छ। बैठकमा ओआइसी सदस्य ५७ रास्ट्रका बिदेशमन्त्रीहरु सहभागी हुने जनाइएको छ। प्यालेस्टाइनको पक्षमा माहोल बनाउन बैठक बोलाइएको हो। पछिल्ला दिन इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्केको छ। इजरायलले प्यालेस्टाइनमा हवाई आक्रमण र प्यालेस्टाइनले इजरायलमा रकेट आक्रमण गर्दै आएका छन्।

सम्बन्धित सामग्री

सम्बन्ध सुधार्न साउदी अरब र इरानबीच पुनः सुरु भयो छलफल

साउदी अरब र इरान क्षेत्रीय प्रतिद्वन्द्वी हुन् । पछिल्लो केही समयमा सम्बन्धमा सुधारका लागि दुई देशले एकपटक पुनः कुराकानी सुरु गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । तर एक इरानी न्युज वेबसाइटले बगदादमा यो कुराकानी भएको बताएको छ ।इरान र साउदी अरबबीच थुप्रै मामिलामा मतभेद छ र थुप्रै क्षेत्रीय संघर्षको घटना र राजनीतिक विवादमा दुबै एक–अर्काका विरोधी हुन् । दुबै देशले आपसी तनाव कम गर्नका लागि अघिल्लो वर्ष सिधा छलफल सुरु गरेका थिए ।इरानले यो कुराकानीलाई कुनै कारण नै नब

साउदी अरब र यूएईमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दोहा– नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरेबिया र युएईमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । साउदी अरेबियाले एक जनामा ओमिक्रोन संक्रमणको पुष्टि भएको जनाउदै ती व्यक्तिलाई अलग गरेको जनाएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार रियादमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल-अब्देल अलीले उत्तर अफ्रिकी देशबाट फर्किएका […]

गैरकानूनीरुपमा साउदी छिर्न खोज्ने ७ यमनी मारिए, कम्तीमा २६ जना घाइते

साउदी अरब छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अरबको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरब छिर्न खोजेको बताइएको छ । सीमा सुरक्षा बल र हुथीबीचको भिडन्तमा क्रसफायरमा परेर ती आप्रवासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् । सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान […]

तालिबान सत्तामा आएपछि पहिलो पटक बोल्यो साउदी अरब

साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ ।साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन् ।’प्रिन्स फैसलले भने, ‘साउदी अरब आशा गर्छ कि अफगानिस्तानको कार्यवाहक सरकार सही दिशामा काम गर्नेछ र मानिसहरुलाई हिंसा, अतिवादको मुक्ति दिलाउनेछ ।’उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने बताएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्र

कतार र साउदी अरब जान कामदारले यी खोप लगाउनुपर्ने

नेपालका प्रमुख श्रम गन्तव्य कतार र साउदी अरबले ती देश जाने श्रमिकका लागि चार प्रकारका खोपका विकल्प दिएर प्रवेशमा सहजीकरण गरेका छन् । कतारले आइतबार सूचना जारी गदै फाइजर, मोडेर्ना, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोपको मात्रा लगाएकोे १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने जनाएको छ । दोहास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले कतार आउने नेपालीले खोप लगाएको प्रमाणपत्रमा राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, खोप लगाइएको मिति,...

साउदी अरब भन्छ– हामी तेल उत्पादक राष्ट्र रहेनौं

साउदी अरबका ऊर्जामन्त्री अब्दुलअजीज बिन सलमानले देश अब तेल उत्पादक राष्ट्र नरहेको बताएका छन् ।  यसै साता एस यान्ड पी ग्लोबल प्लाट्समा उनले भने, ‘साउदी अरब तेल मुलुक हैन, यो ऊर्जा उत्पादक मुलुक हो ।’ साउदीले ग्यास, नवीकरणीय ऊर्जा र हाइड्रोजन लगायतका हरित महत्त्वकांक्षा राखेको छ ।  ‘विश्वलाई यो वास्तविकता स्वीकार गर्न म आग्रह गर्छु । यी गतिविधिमा हामी विजयी हुनेछौं ।’ साउदी ग्रीन इनिसिएटिभ अन्तर्गत साउदीले तेल बिक्री गरेर हरित महत्त्वाकांक्षा पूरा गर्नेछ । साउदीले सन् २०३० सम्ममा नवीक...

नेपालबाट चार्टड विमानमार्फत् पाँचसय भारतीय साउदी अरब जाँदै

काठमाडौं : निषेधाज्ञाले नेपालमा रोकिएका भारतीय नागरिकलाई चार्टर विमानमार्फत् उनीहरुको गन्तव्यस्थल साउदी अरब लगिँदैछ। आज र भोलि गरी नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सका पाँच वटा उडान मार्फत् साउदी अरब पुर्‍याउन लागिएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार आज र भोलि गरी नेपाल एयरलाइन्सले २ र हिमालय एयरलाइन्सका विमानले ३ वटा उडान गर्नेछन्। भारतीय दूतावासको आग्रह गरेपछि नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरब पुर्‍याइदिन ला

भारत–पाकिस्तान तनावबारे के भन्छ साउदी अरब?

एजेन्सी। साउदी अरबले भारत–पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न आफूले सक्दो प्रयास गर्ने बताएको छ। साउदीका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हालै गरेको साउदी भ्रमणका बेला यस्तो धारणा राखेका हुन्। दुई देशबीचको सम्बन्धबारे उनले सरकारी मिडियासँग कुरा गर्दै भने, ‘‘पछिल्ला दिनमा दुई देशबीच तनाव कम भएको छ, युद्धविराम भएको छ। यो राम्रो हो।’’

किन गए इमरान खान साउदी अरब?

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिने भ्रमणमा हिजो शुक्रबार त्यता पुगेका छन्। दुई देशबीच वर्षौंदेखि रणनीतिक सम्बन्ध बलियो भए पनि क्षेत्रीय मुद्दाबारे हालैका दिनमा मनमुटाव पैदा भएको छ। २०१८ मा पाकिस्तान आर्थिक तनावमा रहेका बेला साउदीले तीन अर्ब २० करोड डलर ऋण दियो। तर पनि दुई देशबीच सफा सम्बन्ध बन्न नसकेको अवस्थामा खान साउदी गएका हुन्।

साउदी अरब र इरानबीच वार्ता, के हो उद्देश्य ?

कट्टर दुश्मन रहिआएका साउदी अरब र इरानका वरिष्ठ अधिकारीहरूबीच पाँच वर्षमा पहिलोपटक प्रत्यक्ष कुराकानी भएको छ ।  यो वार्ता इराकको राजधानी बग्दादमा भएको र सम्बन्ध सुधारका लागि पहल गरिएको बताइएको छ । पश्चिम एसियाका यी महत्त्वपूर्ण मुलुकहरूले पाँच वर्षअघि कूटनीतिक सम्बन्ध तोडेका थिए ।  फाइनान्सियल टाइम्सको समाचारअनुसार, साउदी अरब र इरानबीचको कुराकानीका लागि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले माहौल मिलाएका हुन् ।  अहिले साउदी अरब यमनमा नराम्ररी फसेको छ र त्यहाँ उसले इरानसमर्थक हूती विद्रोहीको सामना...