बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन

काठमाण्डाै - बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन भएको छ । हिजो काठमाण्डौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाण्डौबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाण्डौबाट पनि गाडी पुगिरहेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी गरेको छ । ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छै...

सम्बन्धित सामग्री

वैजनाथ गाउँपालिका: औषधिजन्य फोहर निर्मलीकरणमा समस्या

स्वास्थ्य केन्द्रमा औषधिजन्य फोहर विसर्जन गर्ने दुई थान अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नगरी थन्क्याएर फोहरलाई डम्पिङसाइटमा फाल्ने गरिएको छ।

कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध

उदयपुर – कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फाल्न दोस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले आजदेखि फोहर फाल्ने नगरपालिकाको सवारीसाधनमा अवरोध गरी फर्काइदिएका हुन् । यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको […]

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

काठमाडौँ– काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरूमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरू सँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकास मन्त्री […]

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

काठमाडौँ, १ असार । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरुसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी […]

असार मसान्तसम्म यथावस्थामा फोहर उठ्ने, साउनदेखि स्रोतमै छुट्याउनुपर्ने

काठमाडौं उपत्यकामा थुप्रिएको फोहर आजबाट उठ्ने भएको छ । फोहर विसर्जन गर्ने स्थलका स्थानीयबासीको अबरोधका कारण उठन नसकेको फोहर व्यवस्थापनका लागि सोमबार साँझ सहमति भएको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूबीच सहमति भएअनुसार आजदेखि फोहोर उठ्ने भएको हो । काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका …

काठमाडौं उपत्यकाका सडकमा फेरि थुप्रिन थाल्यो फोहर

काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर विसर्जन फेरि रोकिएको छ।  पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम नगर्दा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकावासीले भोग्नुपरेको छ। पछिल्लो समय यही वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन रोकिएको हो।हाल फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण ६ दिन

काठमाण्डौ उपत्यकाका सडक र  मुख्य चोकमा फेरि थुप्रियो फोहर

काठमाण्डाै - ल्याण्डफिल्ड साइटको समस्याको कारण सात दिनदेखि फोहर उठाउन नसक्दा काठमाण्डौ उपत्यकाका सडक र चोकहरुमा फोहर थुप्रिएको छ । अहिले फोहर थुपार्दै आएको सिसडाेलका स्थानीय बासिन्दाले फोहर लैजान अवरोध पुर्याउँदै आएका छन् ।  फोहरबाट उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने माग गरेर फोहरका गाडी रोकेको प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले नुवाकोटको ...

बाह्र दिनपछि उठ्यो उपत्यकाको फोहर

बाह्र दिनपछि बल्ल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवाला बीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकाको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो ।तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहर उठ्न सकेको थिएन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने छ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयल

उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध

नौ दिनदेखि फोहर विसर्जन ९हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ। महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ।

वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या

वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माण कार्य गरिरहेको छ । अहिले निर्माण कार्यअन्तर्गत पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ । अबको १० दिनपछि उक्त स्थानमा फोहर राख्न सकिने छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान स्यानिट