असार मसान्तसम्म यथावस्थामा फोहर उठ्ने, साउनदेखि स्रोतमै छुट्याउनुपर्ने

काठमाडौं उपत्यकामा थुप्रिएको फोहर आजबाट उठ्ने भएको छ । फोहर विसर्जन गर्ने स्थलका स्थानीयबासीको अबरोधका कारण उठन नसकेको फोहर व्यवस्थापनका लागि सोमबार साँझ सहमति भएको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको काठमाडौँ महानगरपालिका र फोहोर विसर्जन गर्ने स्थानका सरोकावालाहरूबीच सहमति भएअनुसार आजदेखि फोहोर उठ्ने भएको हो । काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका …