चोरेर विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउनेक्रम तीव्र

भदौ ८ गते न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र न्युयोर्कस्थित मनहाटन सरकारी वकिलको कार्यालयबीच सन् १९६० को दशकमा काठमाडाैंबाट हराएको दुर्गा भवानीको पुरातात्विक मूर्ति नेपाल फिर्ता गर्ने सहमति भयो।...

सम्बन्धित सामग्री

शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन

बनेपा नगरपालिका–८ वाहवाही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति आज सोही स्थानमा प्रतिस्थापन गरिएको छ । वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो । मूर्ति २०३५ सालमा चोरी निकासी गरी विदेश लैजाँदै गरेको अवस्थामा एयरपोर्टमै फेला पारी छाउनीमा संरक्षण गरी राखिएको राष्ट्रिय सङ्ग्रहालय छाउनीका कार्यकारी निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । स्थानीयको आस्था र धरोहर बोकेको उक्त मूर्ति अष्ट धातु र मेटलबाट निर्मित भएको श्रेष्ठले बताए ।कलात्मक रुपमा नि

रोजगारीका लागि विदेश जानुभन्दा पुर्ख्यौली पेसा - BBC News नेपाली

उनान्तिस वर्षीय श्याम पण्डितले विश्वकर्मा पूजाका लागि २५० वटा विश्वकर्माका मूर्ति बनाएका छन्। ती मूर्ति बनाउन उनलाई सात महिना लाग्यो।

चोरी भएर अमेरिका पुगेका १२ औं शताब्दीका मूर्ति नेपाल फिर्ता

नेपालका कला, संस्कृति र इतिहासका जीवित साक्षीका रुपमा रहेका यहाँका हजार वर्षभन्दा अघिका प्राचीन धरोहरहरु चोरी भएर विदेश पुगेका भए पनि ती अब विस्तारै नेपालले फिर्ता पाउन थालेको छ । यसै क्रममा नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा–पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक …

पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गर्छौँ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी निकासी भई विदेश पुगेका र त्यहाँबाट फिर्ता ल्याइएका मूर्तिको संरक्षण गरिने बताएका छन् । नेपालबाट हराएका तथा चोरी भएर अमेरिका विभिन्न सङ्ग्रहालय पुगेका विभिन्न शताब्दीका पाँच वटा मूर्ति आज नेपाल ल्याई पुरातत्त्व विभागलाई हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालको कला, सम्पदा, सांस्कृतिक तथा […]

चोरीका मूर्ति फिर्ता ल्याउन पहल गरेको छु : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी भई विदेश पुगेका पुरातत्व बोकेका मूर्तिहरु नेपाल फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ । नेपालबाट हराई (चोरी भई) अमेरिका पुगेका तीन थान मूर्ति बुधबार नेपाल ल्याएर सार्वजनिक गरेको कार्यक्रममा उहाँले सो बताउनुभएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले नेपालबाट चोरी भएका वर्षौं पुराना मूर्तिहरु […]

नेपालबाट विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउन पहल भइरहेको छ : मन्त्री आले

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरीलगायत विभिन्न कारणबाट विदेश पुर्याइएका मूर्तिहरू फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ ।  नेपालबाट हराइ (चोरी भइ) अमेरिका पुगेका तीन थान मूर्ति फिर्ता ल्याइ आज बुधवार सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालबाट चोरी भएका वर्षाैँ पुराना मूर्तिहरू विभिन्न देश र त्यहाँका सङ्ग्रहालयमा रहेका भन्ने खबर आएकाले फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चोरी वा अन्य कुनै कारणबाट हाम्रा देशका वर्षाैँ पुराना...

बजेट अभाव हुँदा विदेश पुगेका मूर्ति फर्काउनै समस्या

नेपालका विभिन्न मन्दिरबाट हराएका पुरातात्विक महत्वका मूर्ति विभिन्न समयमा विदेशमा फेला पर्ने गरेका छन् । तर, यसरी फेला परेका मूर्ति फर्काउन बजेटको अभाव देखिएको छ । बजेट अभावकै कारण अमेरिकामा फेला परेका मूर्ति फर्काउन समस्या भएको पुरातत्व विभागका प्रमुख अधिकृत सुभद्रा भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार अमेरिकाबाट पाँच वटा मूर्ति फिर्ता ल्याउने प्रक्रियामा छन् । सबै मूर्ति राजदूताबासमा राखिएको छ । उहाँका अनुसार जसमध्ये दुई वटा मूर्ति भने फिर्ता गर्ने सहमति भइसकेको छ ।

लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा आज हस्तान्तरण गरिएको हो ।   अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त प्रयासबाट हराएको उक्त मूर्ति नेपाललाई हस्तान्तरण गर्न पाएकामा अमेरिकाले प्रसन्नता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को मापदण्डअनुरुप नेपालको उपयुक्त स्थानमा स्थापना गर्न उक्त मूर्ति नेपाल पठाइने दूतावासले जनाएको छ ।