साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको छ । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । ‘सम्भव त संसद अधिवेशन अन्त्य गर्नेबारेमा छलफल र नि

सम्बन्धित सामग्री

पुष २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, २५ पुष । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष २७ गते पृथ्वी जयन्तीको अवसर पारेर उक्त दिन बिदा निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले पुष २७ गते बिदा दिन माग गर्दै आएको थियो । यो निर्णयसँगै राप्रपाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको […]

आजबाट खारेज भयो सातामा दुई दिन सार्वजनिक विदा

एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्राल

सातामा दुई दिन सार्वजनिक विदा आजबाट खारेज

१ असार, काठमाडौं । सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर यो निर्णयको आलोचना भएपछि र लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त […]

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ– सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक सूचनाजारी गर्दै विदा दिने निर्णय भएको बताएको छ । तमु ल्होसार गुरुङ समूदायले मनाउने नयाँ वर्ष हो ।

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ । तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।

बिहिबार देशभर नै सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले पुस १५ गते बिहिबार देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहिबार गुरुङ जातिको चाड तमु ल्होसार परेकोले उक्त दिन देशभर नै विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयको सिफारिसमा सरकारले विदा दिने निर्णय गरेको हो। सरकारले सार्वजनिक विदा दिएसंगै देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनीतिक नियोगहरुमा समेत विदा हुने छ। सरकारले विदा दिएपछि बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से पनि बन्दहुने भएकोले बिहिबार शेयर कारोबार हुने छैन । प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

भोलि शनिबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौँ– सरकारले इसाई धर्मावलम्बीको चाड क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो वर्षको क्रिसमस भोलि शनिबार परेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।