आजबाट खारेज भयो सातामा दुई दिन सार्वजनिक विदा

एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्राल

सम्बन्धित सामग्री

आज सार्वजनिक विदा

काठमाडौं, जेठ ११ । सरकारले आज बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । सरकारले भोटो जात्राको अवसरमा उपत्यकामा तीन वटै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक विदा दिएको हो । हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलनलाई भोटो जात्रा भनिन्छ । मच्छिन्द्रनाथको जात्रा १३ सय वर्षअघि सुरु भएको मानिन्छ ।

मेलौलीमा दुई र सुर्नयामा एक दिन सार्वजनिक विदा

मेलौली नगरपालकाले कार्तिक २१ र २२ गते दुई दिन सार्वजनिक विदा दिएको छ। मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरि दुई दिन सार्वजनिक विदा दिइएको नगरपालिकाले जनाएको छ।...

मधेस प्रदेशमा भोलि पनि सार्वजनिक विदा

१३ कात्तिक, वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो । संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । […]

असार २६ गते सार्वजनिक विदा

सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।

३० वैशाखमा सार्वजनिक विदा

सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ।

चुनावको दिन सार्वजनिक विदा

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

भोलि सार्वजनिक विदा

२६ चैत्र, सुर्खेत । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । हेर्नुहोस् गृह मन्त्रालयको सूचना

तमु ल्होसारमा भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

भदौ १४ गते सार्वजनिक विदा

काठमाडौँ– सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीका विदा दिने निर्णय गरेको थियो।