पुस ४ गते य:मरी पुन्ही र उधौली पर्व : काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले पुस ४ गते आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। पुस ४ गते उधौली पर्व र य:मरी पुन्ही परेको छ। त्यसैले सरकारले सो दिन देशभरका सम्बन्धित समुदायका लागि विदा दिने निर्णय गर्दै उपत्यकामा चाहिँ सार्वजनिक विदा दिएको हो।

सम्बन्धित सामग्री

आज उधौली पर्व मनाइँदै

काठमाडौं – प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किरात राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा […]

हर्षाेल्लाससाथ मनाइयो उधौली पर्व (तस्बिरसहित)

काठमाडौँ – उधौली पर्व देशभर विभिन्न कार्यक्रमसहित हर्षोल्लाससाथ मनाइएको छ। काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो। हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ। ललितपुरस्थित सानो हात्तीवनको मङहिम मन्दिरमा किराँत समुदायले बिहीबार विभिन्न कार्यक्रम गरेर उधौली पर्व मनाएका छन्। सो अवसरमा मौलिक नृत्य, कपडा लगाएर विशेष प्रस्तुति देखाइएको थियो। […]

विराटनगरमा उधौली पर्व (फोटो फिचर)

विराटनगर : किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ विराटनगरमा   धुमधाम साथ मनाएका छन्।आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आएर संगठित भएका किराँत राई यायोक्खा, याक्खा छुम्मा र किराँत याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमको आयोजना गरि उधौली पर्व अर्थात चासोक तङनाम मनाएका  हुन्।विषेश गरेर पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने प्रचलन रहेको छ।

हर्ष उल्लासका साथ मनाइयो उधौली पर्व (फोटोफिचर)

काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो। हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ।...

आज उधौली पर्व मनाइँदै,देशभर सार्वजनिक बिदा

काठमाडौं, मंसिर २२ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा […]

यसरी मनाइयो उधौली पर्व

नेपालका किराँत समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर मनाइएको छ। किराँत समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको...

अन्नबाली भित्र्याएपछि किराँत समुदायले उधौली पर्व मनाउँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाउँदै छन् ।किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन् । लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् । किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रक

आज उधौली पर्व ! राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा शुभकामना

काठमाडौँ – किराँत समुदायको महान् उधौली पर्व आज ! धुमधामका साथ मनाइदैँछ । किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा […]

आज किरात समुदायको उधौली पर्व‚ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : किरात समुदायले आज धुमधामका साथ उधौली पर्व मनाउँदै छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउँछन्।आजको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन्। बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने प्रचलन छ।भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजा

उधौली पर्व र ज्यापु दिवसको अवसरमा सार्वजनिक बिदा

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा आइतवार सार्वजनिक बिदा दिने हुने भएको छ ।  गृहमन्त्रालयले आज सूचना जारी गर्दै देशभर सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।  बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।