नेपाल पक्ष अप्ठ्यारोमा

एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। संस्थापन पक्षको यो निर्णयले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अप्ठ्यारोमा परेको छ।  पार्टी एकता प्रक्रिया सुरु भएको भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरू बैठक रोक्न माग गर्दै शुक्रबार बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठान पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक नरोकेर पार्टी प्रतिपक्षमा बस्न

सम्बन्धित सामग्री

विभाजनसम्बन्धी अध्यादेशको तरंग- नेपाल पक्ष आन्तरिक तयारीमा

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमाले वरिष्ठ नेता नेपाल पक्ष आन्तरिक तयारीमा जुटेको छ । नेता नेपालले आफूनिकटका नेतासँग छलफल गर्दै पार्टी एकताका लागि ओलीले सबै ढोका बन्द गरिसकेको भन्दै नयाँ दल गठन गरेर अघि बढ्नेबारे छलफल गरिरहेका छन् । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भइरहेको तर पार्टी एकताका लागि अध्यक्ष ओलीले सबै ढोका बन्द गरेको अवस्थामा नयाँ दल गठन गरेर बढ्नेगरी तयारी भइरहेको बताए । नयाँ दल गठनका लागि आवश्यकताअनुसार अध्यादेश पनि आउन सक्ने उनले बताए ।...

नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ ।नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओली पक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार

माधव नेपाल पक्ष सरकारमा नजाने

१३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । ‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट नेता बेदुराम भुसालले अनलाइनखबरसँग […]

प्रचण्डको खुलासाः माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पक्ष पनि सरकारमा सहभागी हुने खुलासा गरेका हुन्। मंगलबार बिहान नेता नेपालसँग भेटेका प्रचण्डले सरकारमा सहभागी हुन उनी राजी भएको बैठकमा ब्रिफिङ गरेका एक स्थायी कमिटी सदस्यले बताए।

एमाले स्थायी कमिटी बैठक जारी, नेपाल पक्ष अनुपस्थित

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ। च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा नेपाल पक्ष भने सहभागी भएको छैन। सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान छ। आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताएको छ।

नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित

काठमाण्डाै - एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएको छ ।   च्यासलमा रहेको तुलसी स्मृति भवनमा अहिले बैठक बसिरहेको छ । बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको थियो । तर बैठकमा नेपाल पक्षका कुनै नेता सहभागी भएका छैनन् । यसअघि शुक्रवारको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन । एमालेले आउँदो २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । आजै प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । देउवालाई विश्वासको मत दिने/नदिनेबारे नेपाल स...

देउवाले विश्वासको मत पाउन नेपाल पक्ष नै निर्णायक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्ष निर्णायक बन्नेछ। देउवाले विश्वासको मत लिन संसद सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ। देउवालाई विश्वासको मतका लागि २७१ सांसदमध्ये १३६ जनाको समर्थन आवश्यक पर्छ। कांग्रेसका६१, माओवादी केन्द्रका४८ गरी१०९ सांसद रहेका छन्।सर्वोच्चमा दायर गरिएको रिटमा उपेन्द्र पक्षका१२ तथा राजपा१, स्वतन्त्र १ र नेपाल पक्षका २३ सांसद रहेका थिए।

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ । विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न