लघुवित्तमा एनजीओहरूको लगानी गैरकानूनी

काठमाडौं । लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी रोक्न सम्बद्ध सरकारी निकायले चासो दिएका छैनन् । कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको समय सीमाभित्र लघुवित्त संस्थाहरूले एनजीओको शेयर प्राकृतिक व्यक्तिलाई विक्री नगरेपछि उनीहरूको लगानी गैरकानूनी भएको हो । कार्यालयले जारी गरेको कम्पनी निर्देशिका २०७२ मा कानूनी अस्तित्व भएका गैसस, साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारी संस्थाले नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने तथा पहिले गरेको लगानी पनि फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाले शेयर फिर्ता गर्न दिएको समय सीमासमेत २०७६ मङ्सिरमा सकिएको छ । तोकिएको समयभित्र लघुवित्तहरूले गैससको शेयर प्राकृतिक व्यक्तिको नाममा हस्तान्तरण नगरेपछि उनीहरूको लगानी गैरकानूनी भएको हो । तर, लगानी गैरकानूनी बने पनि थप कारबाही भने अगाडि बढाइएको छैन । नेपालमा गैरनाफामूलक कार्यक्रमका रूपमा लघुवित्त सेवा शुरू भएकाले सामाजिक संस्थाहरूले यो कार्यक्रम सञ्चालन गरेका थिए । राष्ट्र बैंकले फाइनान्सियल इन्टर मिडियटरी एक्ट (फिङ्गो) अन्तर्गत सामाजिक संस्थाहरूलाई पनि लघुवित्त व्यवसायको अनुमति दिएको थियो । राष्ट्र बैंकले कम्पनी ऐनअन्तर्गत दर्ता भएका संस्थाहरूबाट वित्तीय सेवा दिने नीति लिएसँगै लघुवित्त सेवा दिने एनजीओहरूले पनि आफ्नो प्रवद्र्धनमा कम्पनी खोलेर लघुवित्त विकास बैंकका रूपमा रूपान्तरण भए । तर, कम्पनी रजिस्ट्रारको कार्यालयले सामाजिक संस्थाका साथै साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारीहरूले समेत नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था गरेपछि पहिले भइसकेको लगानीसमेत अप्ठ्यारोमा परेको हो । अहिले थोकमा लघुवित्त कर्जाको कारोबार गर्ने साना किसान लघुवित्त वित्तीय संस्थाको अधिकांश शेयर साना किसान सहकारी संस्थाहरूको छ । यसबाहेक पुराना लघुवित्तहरू निर्धन उत्थान, छिमेकलगात पछिल्लो समयमा एनजीओबाट रूपान्तरण भएका लघुवित्तमा पनि एनजीओको लगानी रहेको छ । लघुवित्त बैंकरहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले पहिल्यै दर्ता भएका संस्थाहरूको हकमा लगानी गर्न छूट दिनुपर्ने भन्दै लबिङ गर्दै आएको छ । ‘कम्पनी रजिस्ट्रार कार्यालयले निर्देशिका जारी गर्नुभन्दा अघि दर्ता भइसकेका संस्थाहरूको हकमा भइसकेको लगानीलाई वैधानिकता दिनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएका छौं,’ संघका पूर्वअध्यक्ष रामचन्द्र जोशीले भने, ‘अहिलेसम्म हाम्रो आवाजलाई रजिस्ट्रार कार्यालयले बेवास्ता गर्दा हाम्रो लगानी अवैधानिक देखिएको हो ।’ रजिस्ट्रार कार्यालयले २०७२ मङ्सिरमा कम्पनी निर्देशिका २०७२ जारी गर्दै छुट्टै कानूनी अस्तित्व भएका गैसस, साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारी संस्थाले नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने तथा पहिले गरेको लगानी पनि १ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले गैरसरकारी संस्थाबाट लघुवित्त वित्तीय संस्थामा रूपान्तरण हुन लागेका संस्थाहरूलाई अप्ठ्यारो परेपछि राष्ट्र बैंकको आग्रहमा निर्देशिका संशोधन गर्दै सेयर फिर्ता गर्न थप २ वर्षको समयसीमा दिएको थियो । २०७३ मङ्सिर ३ मा संशोधन गरेको निर्देशिका तोकिएको अवधिभित्र शेयर नामसारी गर्न नसक्ने कारणसहित निवेदन दिएमा २ वर्ष नबढ्ने गरी समय दिन सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर दुई दर्जन एनजीओहरूले कम्पनी दर्ता गरी लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भइसकेका छन् । स्तरोन्नति भएपछि पनि ती लघुवित्तले एनजीओको शेयर फिर्ता गर्न चासो देखाएका छैनन् । निर्देशिकामा तोकिएको समयभित्र शेयर विक्री नगर्ने कम्पनीहरूले ती संस्थाको नाममा थप शेयर जारी गर्न नपाउने र लाभांशसमेत वितरण गर्न नपाउने व्यवस्था गरिएको छ । एनजीओबाट लघुवित्त वित्तीय संस्थामा स्तरोनन्तिका लागि समयमा सहजीकरण गरेको राष्ट्र बैंकले समेत अहिले यो प्रावधान कार्यान्वयनमा कुनै चासो देखाएको छैन । राष्ट्र बैंक लघुवित्त विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी यो कम्पनी रजिस्ट्रारको कार्यक्षेत्रको विषय रहेको र उसैले कार्यान्वयन गराउने बताए । तर, लघुवित्त प्रर्वद्धन तथा सुपरिवेक्षण विभाग, निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन २०७५/७६ भने संस्थापक शेयरधनीको हैसियतमा संस्थाको नामबाट लघुवित्त वित्तीय संस्थामा गरेको लगानी कम्पनी रजिस्ट्रारको कार्यालयको कम्पनी निर्देशिका, २०७२ बमोजिम तोकिएको समयसीमा भित्रमा विनिवेश गर्नु हुन निर्देशन दिइएको उल्लेख गरिएको छ । लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा लघुवित्त सेवामूलक सामाजिक व्यवसाय भएकाले एनजीओको लगानीलाई गलत अर्थ लगाउन नहुने बताउँछन् । लघुवित्तले कमाएको नाफा शेयर सदस्यका रूपमा एनजीओमा जाँदा पनि त्यसमार्फत सदस्यहरूको विकासमै खर्च हुने भएकाले यो विषयलाई सहजीकरण गर्न आपूmहरूले पहल गरिरहेको उनले बताए । राष्ट्र बैंकका अनुसार हाल सञ्चालनमा रहेका ६९ ओटा लघुवित्त संस्थाहरूमा २५ अर्ब शेयर पूँजी लगानी छ । लघुवित्तले १७ खर्ब ८४ अब लगानी गरेका छन् ।

सम्बन्धित सामग्री

नील बाराही विद्यालयले गैरकानूनी रुपमा सटर अतिक्रमण गरेको भन्दै खाली गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १३ स्थित नील बाराही मध्यमिक विद्यालयले गैरकानूनी रुपमा सटर अतिक्रमण गरेको भन्दै सटर खाली गर्न माग गरिएको छ । नील बाराही गुठी खलःले निलबाराही मन्दिर परिसरमा रहेका ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरुको ख्याल नगरी गैरकानूनी रुपमा सटरहरु अतिक्रमण गरेको एवं विद्यालय विस्तार गर्ने बहानामा यहाँका पुरातात्विक एवं कुलदेवताका मूर्तिहरु फालिएको […]

६ करोड भन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गर्ने कर्मचारी अख्तियारकाे फन्दामा

काठमाडौं : झापा कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीले ६ करोड रुपैँयाभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको खुलेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी आयआर्जन गरेको पाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। आराेपी भण्डारीले

गैरकानूनी रुपमा पैसा लुकाउनका लागि अमेरिका ‘नम्बर वान’ गन्तव्य

गैरकानूनी रुपमा पैसा लुकाउनका लागि अमेरिका शीर्ष गन्तव्य रहेको एक रिपोर्टले देखाएको छ । ट्याक्स जस्टिस नेटवर्कको आर्थिक गोप्य सुचकांकमा अमेरिका पहिलो नम्बरमा परेको हो । यो बर्ष अमेरिका पहिलोपटक पहिलो नम्बरमा परेको हो । परम्पारगत ट्याक्सका आश्रयस्थलहरु सिंगापुर, स्वीटजरल्याण्ड, लक्जेम्बर्ग भन्दा पनि अमेरिका माथि परेको हो । ट्याक्स छल्न अमेरिकीहरुले बैंक खाताहरु खोलेको केमन […]

गैरकानूनी कार्यमा संलग्न १५४ जना विदेशी निष्कासित

सरकारले चालू आर्थिक वर्ष २०७८–७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानूनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्काशन गरेको छ ।  २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् । ‘निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुक्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भने ।  –न्युज कार

लघुवित्तमा एनजीओहरूको गैरकानूनी लगानी

लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी रोक्न सम्बद्ध सरकारी निकायले चासो दिएका छैनन् । कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको समय सीमाभित्र लघुवित्त संस्थाहरूले एनजीओको शेयर प्राकृतिक व्यक्तिलाई विक्री नगरेपछि उनीहरूको लगानी गैरकानूनी भएको हो ।कार्यालयले जारी गरेको कम्पनी निर्देशिका २०७२ मा कानूनी अस्तित्व भएका गैसस, साझेदारी फर्म वा प्राइभेट फर्मका साथै सहकारी संस्थाले नाफामूलक कम्पनीमा लगानी गर्न नपाउने तथा पहिले गरेको

कुवेतमा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिक पक्राउ

दोहा- नेपाली श्रमिकको श्रम गन्तव्यका रुपमा रहेको कुवेतमा भिसाको म्याद सकिएका तथा गैरकानूनी रुपमा बस्दै आएका ९६ विदेशी नागरिकलाई पक्राउ गरिएको छ । कुवेतको आन्तरिक मन्त्रालयले शान्ति सुरक्षा कायम राख्न, देशमा कानून र व्यवस्था लागू गर्न त्यहाँको ब्निएद अल-गर क्षेत्रमा चलाएको अभियानमा आवासीय भिसाको म्याद सकिएर गैरकानूनी रुपमा लुकीछिपी बसेका ९६ जना विदेशी नागरिकलाई नियन्त्रणमा […]

नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानूनी रहेको जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार गैरकानूनी रहेको जानकारी दिएको हो ।  राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरूको कारोबार/प्रयोग/माइनिङ गैरकानूनी रहेकाले...

मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न सर्वोच्चको आदेश

काठमाडौँ । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ । गर्भपतन गराएकाहरुलाई अपराध गरे सरह दण्ड सजाय दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला मानिएको छ । गर्भपतन गराएका कारण जेल सजाय पाएका महिलाहरू अब रिहा हुनेछन् […]