कर्तव्यच्युत हड्ताली न्यायाधीशहरुसँग बारको अध्यक्षलाई गैरकानूनी वार्तामा सहभागी नहुन बारकै कोषाध्यक्षको आग्रह

काठमाडौं, १६ मंसिर । नेपाल बार एशोएिशनका कोषाध्यक्ष रुद्र पोखरेलले सर्वोच्च अदालतका ईजलास बहिष्कार गर्ने न्यायाधीशहरुलाई कर्तव्यच्युत हड्ताली न्यायाधीशको संज्ञा दिएका छन् । उनले हड्ताली न्यायाधीशसँग गैरकानूनी वार्ताको लागि चोर बाटोबाट नेपाल बारका अध्यक्ष जाने खबर आएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले बार अध्यक्षलाई कार्यसमिति बैठकको निर्णयबिना गैरकानूनी वार्तामा सहभागी नहुन आग्रह गरेका […]