गैरकानूनी कार्यमा संलग्न १५४ जना विदेशी निष्कासित

सरकारले चालू आर्थिक वर्ष २०७८–७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानूनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्काशन गरेको छ ।  २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् । ‘निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुक्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भने ।  –न्युज कार

सम्बन्धित सामग्री