निषेधाज्ञा खुकुलो, केही स्थानमा ट्राफिक जाम

८ असार, काठमाडौं । ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चलेका हुन् । जोर गते जोर नम्बर …

सम्बन्धित सामग्री

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्यो चहलपहल [तस्बिरहरु]

काठमाडौं उपत्यकामा सवारीमा जोरबिजोर प्रणाली लागू गरी निषेधाज्ञा खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ । पसलहरू पनि खुल्न थालेका छन् । सवारीको चाप बढेसँगै सडकमा धेरैपछि ट्राफिक जाम भएको छ । व्यापारिक केन्द्रहरु न्युरोडलगायतका क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । व्यवसायीहरू करिब दुई महिना बन्द रहेको पसलको सरसफाइमा व्यस्त देखिन्थे । सुनचाँदी पसल, भाँडाकुँडालगायत पसलहरु खुल्न थालेका छन् । पसलहरु खुलेसँगै सर्वसाधारणको आवतजावत पनि बढेको छ ।

निषेधाज्ञा खुकुलो बनाएसँगै सडकमा बढ्न थाल्यो सवारीको चाप, तस्विरमा हेर्नुहोस्

असार १ गतेबाट उपत्यकाको लकडाउनलाई केही सहज बनाएसँगै सडकमा सवारीसाधनको चाप बढ्न थालेको छ । विशेष गरेर कार्यालय समयमा राजधानीका मुख्य चोकहरुमा सवारीको लामो लाइन नै देख्न सकिन्छ । नयाँ बानेश्वर, कोटेश्वर, कलंकी, भद्रकाली, थापाथली लगायत क्षेत्रमा प्रहरीको जाँचले केही बेर ट्राफिक जाम नै हुने गरेको छ ।  काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठकले असार १ बाट निषेधाज्ञालाई खुकुलो बनाउँदै खाद्यान्न पसल खोल्ने समय बढाउनुका साथै, अनलाइन डेलिभरी, टेक अवे सेवालगायत सञ्चालन गर्ने अनुमति दिएको छ ।ह

निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो गाडीकाे चाप (फिटो फिचर)

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा केही खुकुलाे भएसँगै सडकमा गाडीकाे चाप बढ्न थालेकाे छ । गाडीकाे चाप बढेसँगै चेक प्वाइन्टमा ट्राफिक जाम हुन थालेकाे छ ।  विभिन्न कार्यालय र विभिन्न सेवा खुलेपछि सडकमा गाडीकाे चाप बढेकाे हाे । खाद्यान्न, तरकारीलगायतका पसल खुल्ने समय बढाइएपछि पनि ...