चिसाेसँग प्रदूषण बढ्दै, भारतबाट प्रदूषित वायु पस्न सक्ने
भारतको मुख्य शहर दिल्लीमा पार्टिकुलेट म्याटर २.५ माइक्रोन भन्दा सानो धूँलोको प्रदूषणदर पाँच माइक्रोग्राम परमिटर क्युवसम्म भन्दा बढी भएको छ । भारतीय सर्वोच्च अदालतले यो वायु स्वास्थ्यका हिसावले खतरानाक भन्दै दुई दिन घरबाट काम गर्न सुझाव दिएको छ ।
नयाँदिल्ली शुक्रबार संसारकै बढी प्रदूषित वायु भएको सहर बनेको थियो। बिहीबार राति लक्ष्मीपूजा र दिपावलीको अवसरमा पड्काइएका पटकाका कारण दिल्लीको वायुमा प्रदूषणको मात्राले खतराको तह पार गरेको हो।
बुधबार बिहान आकाश खुलेपछि प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ । यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका छन् । भारतको राजस्थानबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबारदेखि काठमाडौंसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जना...