टाउको दुखाइको समाधान

सहरी जीवनशैली, व्यस्त कार्यतालिका, प्रदूषित वायु आदि जस्ता विभिन्न कारण टाउको दुख्ने गर्छ । टाउको दुख्नु आफैँमा

सम्बन्धित सामग्री

सत्ता पक्षलाई नै आश्वस्त पार्न नसकेपछि ४० मिनेट केरकारमा गृहमन्त्री नारायणकाजी

काठमाडौं : सरकारलाई अहिले टाउको दुखाइको विषय बनेको छ मिटरब्याज पीडितको आन्दोलन। पैदलै काठमाडौं आएका मिटरब्याज पीडितलाई सरकारले आश्वासनको पोका दिएर थम्थमाइ त सकेको छ, तर समाधान के हो यसको छेउटुप्पो भेउ पाएको छैन। कानुन संशोधन र आयोग बनाउने निर्णयमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको छैन, र्‍यापिड शैलीमा…

जथाभावी नगरौँ पेनकिलरको प्रयोग

जाडो बढ्दै छ । टाउको दुख्ने, पेट दुख्ने, जोर्नी दुख्नेलगायत विभिन्न समस्या यस मौसममा देखिन्छन् । कतिपय मानिस समस्या देखिएपछि त्यसको कारण र स्थायी समाधान खोज्नतर्फ लाग्दैनन्, बरु क्षणिक राहतका लागि औषधि...

माइग्रेनले टाउको दुख्ने समस्या र यसको समाधान

अहिलेको समयमा माइग्रेनको समस्या धेरै बढिरहेको छ । लगभग ९० प्रतिशत मानिसमा वर्षमा एक पटक टाउको दुखेको हुन्छ । टाउको धेरै दुखेको अवस्थालाई दुई भागमा वर्गीकरण गरिन्छ । प्राइमरी र सेकेन्डरी । सेकेन्डरीमा अन्य केहि कारणले टाउको दुख्छ भने प्राइमरीमा अन्य कारण हुँदैन। यसको मुख्य कारण नै माइग्रेन हो । करिब १६ प्रतिशत मानिसमा टाउको […]

राष्ट्रिय हितका विषयलाई सडकको तमासा नबनाऔं

सडकमा नागरिकको टाउको फुटाएर तथा व्यापार–व्यवसाय बन्द गराएर, तोडफोड गरेर यस्ता समस्या समाधान हुँदैनन् । विगत ६ महिनादेखि संघीय संसद्को प्रतिनिधिसभा लगातार अवरुद्ध छ, जसका कारण नागरिकका जीवन तथा जीविकासँग तथा मुलुकको विकासमा प्रत्यक्ष प्रभाव पार्ने विषयहरू ओझेलमा परेका छन् । संघीय गणतन्त्र नेपालको संविधानले संसद्लाई सार्वभौमसत्ता सम्पन्न मानेको छ । दशकौंदेखिको लडाइँबाट सार्वभौमसत्ता नागरिकको […]

तरलता समस्याः कारण र समाधान

नन्दलाल खरेलतरलता भनेको बैंकिङ क्षेत्रको ‘लगानी योग्य पुँजी’ हो । तरलता बढ्नु भनेको अर्थतन्त्रको सकारात्मक सूचकाङ्क हो भने तरलताको अभाव हुनु भनेको मुलुकको आर्थिक संकटको खतरा हो । नेपालको बैंकिङ क्षेत्रमा तरलता समस्या सधैंको टाउको दुखाइ बनिरहेको छ । यही समस्याको कारण हाम्रो देशमा बैंक व्याजदर छोटो समयमा उतारचढाव भइरहेको छ । नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई लगानी निक्षेप अनुपात ९० प्रतिशतको सिमा दिएको छ । पुस मसान्तसम्म बैंकहरुको औषत सीडी रेसियो ९० दशमलव २४ प्रतिशत पुगेको छ ।  तसर्थ, थप निक्षेप संकलन नगरी बैंकहरुले कर्जा प्रवाह गर्ने अवस्था छैन । बैंकमा तरलता अभाव हुनुको मुख्य कारण के हो ? के अनुत्पादक आयातले तरलतामा चाप पु¥याउँछ ? कतै न्यून पूँजीगत खर्चको कारणले तरलताको अभाव भएको त होइन ? कि बैंकहरुले उच्च मुनाफा कमाउन खोजेकोले तरलताको अभाव भएको हो ? कतै अस्थिर व्याजदरका कारणले तरलतामा चाप आएको त होइन? तरलता अभाव रहँदा अर्थतन्त्रमा नगदको प्रवेग गति कम हुँदा समग्र अर्थतन्त्रलाई मन्दीतर्पm धलेक्ने त होइन? कतै नेपाल राष्ट्र बैंकले परिवर्तन गरेको नीतिको कारण सिर्जना भएको समस्या त होइन ? यसबारे गंभीर बहस हुन जरुरी छ । अन्यथा हाम्रो देशले आर्थिक संकट भोग्नु नपर्ला भन्न सकिन्न ।पुँजीगत खर्चलाई वित्तीय क्षेत्रमा तरलता अभावको समस्याको रुपमा जोडेर हेरिएको छ । सरकारले पुँजीगत बजेटको खर्च बढाउन नसकेकोले तरलता समस्या भयो भन्ने तर्क पनि छ । व्यवसायीहरुले पनि अनुत्पादक क्षेत्रमा खर्च बढाएर यो समस्या निम्त्याइरहेको सरकारको दावी छ । अनुत्पादक क्षेत्रमा आयात बढ्नु भनेको विदेशी मुद्रा सञ्चितिलाई असर पर्नु र देशभित्र चाहिँ उत्पादकमूलक अर्थतन्त्र कमजोर हुनु हो । तर, निर्यात बढी भएको भए सो बराबर आर्जित विदेशी मुद्रा बरावरको डलर बजारमा गएर तरलता प्रभाव हुन्थ्यो । केही वर्ष अघिदेखि बैंकिङ क्षेत्रमा समय समयमा तरलता अभावले मुलुकको आर्थिक एवं आय आर्जनमा ठूलो प्रभाव पार्छ । किनकि सस्तो ब्याजदरमा कर्जा लिने ऋणीले बढ्दो व्याजदर अनुसार कर्जाको किस्ता तिर्न सक्दैनन् र विस्तारै यो कर्जा खराब कर्जामा परिणत हुन्छ । जसका कारण बेरोजगारी बढ्छ, उत्पादनमा कमी आउँछ र विकास निर्माण प्रभावित हुन्छ त्यति मात्र होइन व्यापार व्यवसाय, वाणिज्य क्षेत्रमा मन्दी आउँछ । त्यसका साथसाथै उत्पादन लागत पनि बढ्छ । उत्पादन लागत बढ्दा निर्माणाधीन विकासका काम समयमा नहुने र अन्तगोगत्वा मुलुक आर्थिक संकटमा फस्ने डर प्रबल रहन्छ । निजीक्षेत्रबाट सञ्चालित परियोजना तथा उद्योग व्यवसायहरु प्राय हेर्ने हो भने कुल लागतमा ७०–८० प्रतिशतको हाराहारीमा बैंकको ऋण हुन्छ । बैंकको व्याज सस्तो भयो भने उत्पादन लागत सस्तो हुन्छ । ब्याज महँगो भयो भने उत्पादन लागत पनि महँगो हुन्छ । लागत सस्तो प¥यो भने त्यसले बजारमा प्रतिस्पर्धी क्षमता बढाउँछ  । त्यतिमात्र होइन आन्तरिक बजारमा मुल्यवृद्धि कम भई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । तर, त्यसो नभएर उच्च व्याजदरका कारण लागत बढ्यो भने एकातिर व्यवसायीहरुको प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ भने अर्कोतिर समग्र अर्थतन्त्र नै महँगो हुन्छ । बैंकहरुमा नगद अभाव हुनुका पछाडि विकास खर्च अर्थात पुँजीगत खर्च कम हुनु एउटा कारण हो भने अनुत्पादक आयात पनि बैंकिङ तरलताको अर्को प्रमुख कारण हो । उत्पादक क्षेत्रमा प्रयोग नहुने वस्तुको लागि विदेशीने रकमलाई अनुत्पादक आयातको रुपमा लिइन्छ । अनुत्पादक आयात बढ्दा विदेशी मुद्रा सञ्चितिलाई असर पर्दछ भने अर्कोतिर देशभित्र चाहिँ उत्पादनमूलक अर्थतन्त्र कमजोर हुन्छ । पछिल्लो वर्षहरुमा अनुत्पादक आयात बढिरहेको छ । इन्धन खपत, सवारी साधन र पार्टपुर्जा, सुनचाँदी, कृषिजन्य वस्तु आदि आयात हुनु भनेको अनुत्पादक आयात हो । भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पद्धार्थको आयात मात्र एक खर्व ५३ अर्व रुपैया भइसकेको छ । यस्तै ६१ अर्व ७७ करोड ६४ लाख रुपैयाको सवारी साधन, ७६ अर्व ३३ करोड रुपैयाको मेसिनरी पार्टस्, ४२ अर्व ७२ करोड रुपैयाको खाद्यान्न ७८ अर्व ९ करोड वनस्पति तेल तथा घिउजन्य वस्तुको आयात भएको छ । सरकारले उच्च आयात नियन्त्रण गर्न पुष पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । आंकडमा भने त्यसले उल्लेखनीय काम गरेको देखिदैन । पुस महिनामा मात्र एक खर्व ६१ अर्व रुपैयाँ बराबरको वस्तु आयात भएको छ । आयात बढ्दै गएपछि सरकारले विलासी वस्तुको आयतमा रोक लगाएको थियो । बित्तीय तरलताको अभाव हुनुको प्रमुख कारण कमजोर पुँजीगत खर्च हो । विगत एक दशकदेखि त पुँजीगत खर्च असाध्यै ठूलो समस्याको रुपमा आएको छ । जसले गर्दा हरेक आर्थिक वर्षमा फ्रिज हुने रकम बढ्दो छ । विकासको लागि छुट्याएको रकम सरकारले पूर्ण रुपमा समयमै खर्च गर्ने हो भने मजदुर, मालिक, उद्योगपति, व्यवसायी, बैंक सवैतिर घुम्छ । अन्तोगत्वा बैंकमा निक्षेप गर्ने निक्षेपकर्ता र ऋण लिने ऋणिको विचमा सन्तुलन आउँछ । त्यतिमात्र होइन मुलुकको आर्थिक वृद्धिदर बढ्नुका साथै मुलुक औद्योगीककरण तर्पm गई रोजगारीको सिर्जना हुन्छ । निक्षेपकर्ताले आफ्नो रकमको सुरक्षा र ब्याजको आकर्षणले गर्दा आफ्नो बचतलाई बैंकमा निक्षेप गर्छन् । निक्षेप कर्ताको सुरुमा निक्षेप गर्दा एउटा व्याजदरको सर्त हुन्छ । तर, पछि बैंकको ब्याजदरमा परिवर्तन भएको छ भनि बैंकबाट निक्षेप कर्ताले कम ब्याजदरमा पैसा पाउँछ । अर्कोतिर बैंकको ऋणीहरुले सुरुमा एउटा सर्तमा ऋण लिन्छन् पछि उनीहरुले लगेको ऋणको ब्याजदर बढ्न गई ऋणीलाई मारमा पारिन्छ । ब्याजदरमा बढ्दो विकृतिले बैंकप्रति निक्षेप कर्ताको विश्वास घटेकोले वित्तीय तरलताको अभाव हुन्छ भने ऋण लैजाने व्यक्तिले रकम तिर्न नसकी खराब कर्जामा परिणत हुन्छ । ब्याजदर धेरै बढ्दा विभिन्न ठूला परियोजनाहरु जस्तै जलविद्युत, सिमेन्ट कारखाना आदि उत्पादकहरुले काम अघि बढाउन सक्दैन त्यतिमात्र होइन महँगो ब्याज तिरेर उद्योग स्थापना गर्ने आँट पनि उद्योगपतिहरुले गर्दैनन् । लगानीकर्ताहरुले पर्ख र हेरको अवस्थामा हुन्छन् । तसर्थ वित्तीय तरलतालाई अभाव हुन नदिन ब्याज दरमा स्थिरता ल्याउँन अनिवार्य छ । वित्तीय संस्थाहरुले आफ्नो औकातभन्दा बढी लगानी गरी उच्च मुनाफा कमाउन खोजेको देखिन्छ । हामीले एउटा भाँडोमा थोरै राख्ने धेरै निकाल्ने गरिरहेका छौं । यसले एकातिर वित्तीय संस्थाहरुसँग लगानी योग्य पैसाको अभाव भयो । पैसाको माग बढी हुने, आपूर्ति कम हुने भएपछि ब्याजदर बढ्न थाल्यो, यस्तो अवस्थामा खराब कर्जामा परिणत भई बैंक तथा वित्तीय संस्था नै डुब्ने अवस्थामा देखिन्छ । तसर्थ वित्तीय संस्थाहरुले बढी महत्वकांक्षी योजना बनाउनु हुँदैन । आफ्नो औकातभन्दा बढी लगानी गरी उच्च मुनाफा कमाउने सपनाको अन्त्य गर्नुपर्छ तबमात्र वित्तीय तलरताको अभावको सिर्जना हुँदैन । तरलताको समस्याको विषयमा बैंकर कृष्ण शर्मा भन्छन्, ‘अहिले तरलताको अभाव छ । यस्तो अवस्थामा बैंकहरु पनि निक्षेपभन्दा धेरै लगानी गर्ने गरी जानु हुदैन । बैंकहरुले आपैm पनि व्यवस्थापन गर्नु प¥यो । जुन रेसियोमा निक्षेप वृद्धि हुन्छ सोही रेसियोमा लगानीहरु पनि वृद्धि गर्नुपर्यो । पुरानो स्वीकृति भएको लगानीको अनुपात पनि हेर्नुपर्यो । यी सबै मिलाएर तरलता व्यवस्थापन गर्दै जाने हो भने अलिकति सहज हुँदै जान्छ । सरकारको खर्च पनि बढ्ला । आयातमा पनि राष्ट्र बैंकले कडाइ गरेका कारण आयात पनि घट्ला, त्यसले पनि केही तरलता व्यवस्थापन हुन्छ जस्तो लाग्छ । मुलुक अहिले जसले जे भने पनि यहाँको राजनीतिक मात्र होइन आर्थिक नीतिहरु पनि सामाज्यवादीहरुको इशारामा दलाल पुँजीपतिको हातमा गएको छ । यिनीहरुले ग्लोबलाइजेसन, खुला बजारमुखी अर्थतन्त्र, निजीकरणको नीति अगाडि सारेका छन् भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियन बैंक र युरोपियन युनियनजस्ता साम्राज्यवादी वित्तीय संस्थाहरुका माध्यमबाट गरिव मुलुकहरुलाई आफ्नो प्रभाव कायम राखी आर्थिक दोहन गरिरहेका छन् । हाम्रा शासकहरु उनीहरुको नीतिमा हिँडी प्रत्यक्ष÷अप्रत्यक्ष रुपबाट आर्थिक लाभ लिइराखेका छन् । यिनीहरु उल्टै समृद्धिको ठूलो ठूलो सपना बाँढी जनातालाई झुक्याइराखेका छन् । यसतर्पm आम नेपाली बेलैमा सचेत रहनुपर्छ । खरेल अर्थराजनीतिक विश्लेषक हुन् ।

वाइफाइको स्पीड सुस्त बन्यो ? यसरी समाधान गर्नुहोस्

७ भदौ, काठमाडौं । घरबाटै इन्टरनेटमा काम गरिरहेको वा अध्ययन गरिरहेको बेला सुस्त गतिको वाइफाइ इन्टरनेट निकै टाउको दुखाइको विषय बन्दछ । महामारीका कारण भर्चुअल बनिरहेको अहिलेको व्यवसायिक तथा शैक्षिक गतिविधिका बेला सुस्त इन्टरनेट स्पीडले तपाईको व्यवसायिक तथा शैक्षिक क्रियाकलापमै असर गर्दछ । यस्तो बेला तपाईले आफ्नो वाइफाइ इन्टरनेटको सुस्त गतिको समस्या समाधान गर्नुपर्ने हुन्छ । […]

‘राजीनामाको कुरा सोध्दा माधव नेपालले टाउको हल्लाउनुभयो, बोल्नुभएन’

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बनमा पर्नुभएका वरिष्ठ नेता माधव नेपालसँग ओली पक्षका नेता विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच छलफल भएको छ । छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरवार पठाउनुभएको थियो । ‘ओली कमरेडले माधवजी लाई फोन गरेर मैले साथीहरू पठाएको छु भन्नुभएको थियो, त्यसैअनुसार हामीले छलफल गर्‍याैँ, समस्या कहाँनेर हो छलफल गरौँ र समस्या समाधान गरौँ, पार्टी फुट्ने कुरा नगरौँ भनेका छौँ’, नेम्वाङले उज्यालोसँग भन्नुभयो ।  नेपाल पक्षका सांसदले सामूहिक राजी...

.गर्मीमा नरिवल पानी पिउनुस्, अनेक छन् फाइदा

काठमाडौं — बिस्तारै गर्मी लाग्न थालेको छ । गर्मीमा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छ । प्यास बढेर मानिसहरू तरल पदार्थ पिउन मन पराउँछन् ।  तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं ।  टाउको दुखेको गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ...