प्रधानन्यायाधीशविरुद्ध यस्तो छ नेपाल बारको आन्दोलनका कार्यक्रम

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले चौथो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । त्यसअन्तर्गत देशभरका सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरूमा बहस पैरवी नगरिने, देशभरका अदालतहरुमा कालोपट्टीसहित धर्ना, विरोधसभालगायत छन् । आन्दोलनका कार्यक्रम पढ्नोस्-

सम्बन्धित सामग्री

नेपाल बारको आक्रोशः तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम

तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न नेपाल बारको अल्टिमेटम

काठमाडौं। नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं। तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ।’

बारको नेतृत्वमा प्रधानन्यायाधीश जबराविरुद्ध वकिलहरूले धर्ना दिँदै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज (आइतबार) धर्ना दिँदै छन् । बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । नेपाल बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै […]

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारको चरणवद्ध आन्दोलन घोषणा

नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक  १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।१७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलन

संकटमा न्यायालय : थप रणनीति बनाउँदै न्यायाधीशहरू, नेपाल बारको पनि बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने माग गर्दै आन्दोलित न्यायाधीशहरूको बैठक शुरू भएको छ । बैठकबाट थप रणनीति तय गर्ने बताइएको छ ।  विगत पाँच दिनदेखि न्यायाधीशहरूले प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले भने पेशी तोक्दै आएका छन् ।  आज पनि जबराले ८ वटा इजलास तोकेका छन् ।  यस्तै नेपाल बार एशोसियसनको पनि बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोसियसनको बैठक सुरु

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनको कार्यक्रम ल्याउने भएको छ ।  आन्दोलनको कार्यक्रम तय गर्नका लागि नेपाल बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ ।

न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएशनले पनि आन्दोलनका कार्यक्रम तय गर्दैछ । इजलास नबसेका न्यायाधीशहरूले नेपाल बारको निर्णय कुरेका छन् । बारले तय गर्ने आन्दोलनका कार्यक्रमअनुसार थप रणनीति बनाउने उनीहरूको योजना छ । नेपाल बार एसोसिएशनले आज बैठक बसेर जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । राजीनामा नदिन अड्डी कसिरहेका प्रधान...

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन गर्ने नेपाल बारको घोषणा

नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने घोषणा गरेको छ । बारले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन औपचारिकरुपमा आग्रह गर्दै उनले राजीनामा नदिएको खण्डमा नेपालभरका बार एकाइमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट गरेको हो । बारले सल्लाहकार समिति समेतको सुझावको आधारमा प्रधानन्यायाधीशको राजीनामा मागेको हो । ‘प्रधानन्यायाधीशज्यू निरन्तररुपमा एकपछि अर्को विवादमा तानिनु भएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आ...