प्रिमियर लिग : आर्सनल र सिटी विजयी

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन्।  आइतबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो। सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे। हालाण्डको यो प्रिमियर लिगमा चौंथो ह्याट्रिक हो। जितसँगै सिटीले २० खेलमा ४५ अंक जोडेको छ। सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ। यस्तै गएराति नै भएको खेलमा शीर्ष स्थानको आर्सनलले रोमान्चक जित निकालेको छ। आर्सनलले म्यानचेस्टर युनाईटेडमाथि ३–२ गोलको रोमान्चक जित निकालेको हो। इमिरेट्स स्टेडि...

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई २–१ गोलले हराउँदै आर्सनल शीर्षस्थानमा उक्लिएको हो । आर्सनलको जितमा डेक्लेन रिस र काइ हाभेर्टजले एक–एक गोल गरेका थिए । ब्रेन्टफोर्डका योअने विसाले एक गोल फर्काएका थिए । आर्सनलका डेक्लेनले खेलको १९औँ मिनेटमा सुरुवात गोल गरेका थिए । तर पहिलो हाफको […]

इंग्लिस प्रिमियर लिग : फुलहमसँग आर्सनल स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा फुलहमसँग २–१ गोलले पराजित हुँदै आर्सनल स्तब्ध बनेको हो । यो हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एकएक गोल गरेका थिए । यस्तै आर्सनलका बुकायो साकाले एक गोल […]

प्रिमियर लिग : आर्सनल र वेस्टह्याम तथा नटिङ्घम फरेस्ट र युनाइटेड खेल्दै

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज वेस्टह्याम र आर्सनल तथा नटिङ्घम फरेस्ट र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । आर्सनल र वेस्टह्याम बेलुका पौने ७ बजे तथा नटिङ्घम फरेस्ट र युनाइटेडको खेल राति सवा ९ बजे हुनेछ । अङ्कतालिकामा आर्सनल ३० खेलमा ७३ अङ्कका साथ शीर्ष स्थानमा छ । वेस्टह्याम २९ खेलमा ३० अङ्ककासाथ पन्ध्रौँ स्थानमा छ । त्यस्तै, युनाइटेड २९ खेलमा ५६ अङ्ककासाथ चौथो र नटिङ्घम फरेस्ट ३० खेलमा २७ अङ्ककासाथ १८औँ स्थानमा रहेको छ ।

प्रिमियर लिग : आर्सनल र लिभरपुल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति शिर्ष क्लबहरु आर्सनल र लिभरपुल विजयी भएका छन् । लिग टेबलको शिर्ष स्थानमा रहेको आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले र लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेका हुन् । आफ्नै मैदानमा भएको लण्डन डर्बीमा आर्सनललाई विजयी गराउन बुकायो साका, ग्याब्रियल मार्टिनेली र इडवार्ड एन्केतियाले एक एक […]

इङ्ग्लिस प्रिमियर लिग : लगातार तेस्रो जितसहित आर्सनल शीर्ष स्थानमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ । आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनले खेलको ११ औँ मिनेटमा एक गोल थपे । त्यस्तै खेलको ५४ औँ मिनेटमा सालिबाले गोल गरेपछि आर्सनल ३–० गोलले विजयी भयो । आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमा...

इङ्ग्लिस प्रिमियर लिग  : तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे ।यस जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

के हो फ्यान्टासी प्रिमियर लिग ?

प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आज शुक्रबार राति १२ː४५ मा सुरु हुँदैछ । पहिलो खेलमा क्रिष्टल प्यालेस र आर्सनल क्लब प्रतिस्पर्धा गर्दैछन् ।नयाँ सिजनको लिग कसले जित्छ भन्ने चर्चा सिजनको दुई साताको खेलले देखाउनेछ । त्यसपछि समर्थकहरुले लिगको उपाधि कसले जित्छ भन्ने आँकलन गर्न थाल्छन् । प्रिमियर लिग सिजनको मुख्य दावेदार म्यानचेस्टर सिटी, लिभरपुल चेल्

प्रिमियर लिग : वेस्ट ह्यामलाई हराउँदै आर्सनल शीर्ष चारमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० गाेलले हराएको छ । आज बिहान भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित वेस्ट ह्याम विरुद्ध आर्सनलले दुई गाेल गरेकाे हाे। जितसँगै आर्सनल शीर्ष चारमा पुगेको छ । आर्सनलका लागि खेलको ४८औँ मिनेटमा गाब्रियल मार्टिनेली र ८७ औँ मिनेटमा इमिल स्मिथ रोवीले गोल गरे । आर्सनलको १७ खेलमा २९ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १६ खेलमा ३७ अङ्क छ भने तेस्रो स्थानम...

प्रिमियर लिग : आर्सनल पहिलो खेलमै नवप्रवेशी ब्रेन्टफोर्डसँग पराजित

३० साउन, काठमाडौं । प्रिमियर लिग २०२१-२२ अन्तर्गत सिजनको पहिलो खेलमै आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा नवप्रवेशी ब्रेन्टफोर्डले बर्सनललाई २-० ले पराजित गरेको हो । घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डे दुवै हाफमा गोल गरेको थियो । उसका लागि २२औं मिनेटमा सर्जी कानोस र ७३औं मिनेटमा क्रिस्टियन नोएरगार्डले […]