इङ्ग्लिस प्रिमियर लिग  : तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे ।यस जितसँगै ३ खेलमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

सम्बन्धित सामग्री

प्रिमियर लिग : आर्सनल शीर्ष स्थानमै, लिड्स युनाइटेड १–० ले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले विजयी यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । आर्सनलका लागि ३५औँ मिनेटमा साकाले गरेको गोल नै निर्णायक भयो । आर्सनल  १० खेलमा २७ अङ्कसहित शीर्ष स्थानमा छ । गएराति नै भएको अर्को खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ ।  लिभरपुलका मोहम्मद सलाहले ७६औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुल नौ खेलमा १३ अङ्कसहित आठौँ स्थानमा पुगेको छ ।हारेको सिटीले शीर्ष स्थानमा ...

इङ्ग्लिस प्रिमियर लिग : लगातार तेस्रो जितसहित आर्सनल शीर्ष स्थानमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ । आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनले खेलको ११ औँ मिनेटमा एक गोल थपे । त्यस्तै खेलको ५४ औँ मिनेटमा सालिबाले गोल गरेपछि आर्सनल ३–० गोलले विजयी भयो । आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमा...

आजदेखि इङ्ग्लिस प्रिमियर लिग सुरु, पहिलाे खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन आज रातिदेखि सुरु हुँदैछ । सन् २०२२/२३ सिजनको उद्घाटन खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दैछन् । खेल राति सवा १२ बजे सुरु हुनेछ । क्रिस्टल प्यालेस र आर्सनलबीच अहिलेसम्म २६ पटक भेट भएकोमा आर्सनलले १४ र प्यालेसले चार पटक जितेको छ । यस्तै आठ खेल बराबरीमा सकिएको छ । यस्तै पछिल्लो पाँच भेटमा आर्सनल र प्यालेसले एक–एक खेल जित्दा तीन खेल बराबरीमा सकिएको छ । यस पटकको प्रिमियर लिगमा केही नयाँ नियम थपिएका छन् । अब एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । य...

इङ्ग्लिस प्रिमियर लिग : न्युकासलले उल्भ्सलाई हरायो, आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा न्युकासलले उल्भ्सलाई १–० गोलले हराएको हो । न्युकासलका क्रिस उडले खेलको ७२ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो । जितसँगै न्युकासलले ३१ खेलमा ३४ अङ्क जोडेको छ । न्युकासल १४औँ स्थानमा छ । उल्भ्सको ३२ खेलमा ४९ अङ्क छ। उल्भ्स आठौँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् । आज एभर्टन र म्यानचेस्टर युनाइटेड, वार्टफोर्ड र लिड्स युनाइटेड, साउथह्याम्टन र चेल्सी, आर्सनल र ब्राइटन तथा एस्टन भिल्ला र टोटनह्य...

प्रिमियर लिग : वेस्ट ह्यामलाई हराउँदै आर्सनल शीर्ष चारमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० गाेलले हराएको छ । आज बिहान भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित वेस्ट ह्याम विरुद्ध आर्सनलले दुई गाेल गरेकाे हाे। जितसँगै आर्सनल शीर्ष चारमा पुगेको छ । आर्सनलका लागि खेलको ४८औँ मिनेटमा गाब्रियल मार्टिनेली र ८७ औँ मिनेटमा इमिल स्मिथ रोवीले गोल गरे । आर्सनलको १७ खेलमा २९ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १६ खेलमा ३७ अङ्क छ भने तेस्रो स्थानम...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका सवा ६ बजे आर्सनल र न्युक्यासल खेल्दैछन् । यस्तै पौने नौ बजे लिभरपुल र साउथ ह्याम्प्टन खेल्दैछन् । २५ अंकसहित तेस्रो स्थानमा रहेको लिभरपुल आज विजयी भएमा २८ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । पौने नौ बजे नै उल्भ्स र नर्विच सिटी तथा क्रिष्टल प्यालेस र एस्टन भिल्ला खेल्दैछन् भने राति सवा ११ बजे ब्राइटन र लिड्स खेल्दैछन् ।

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलसँग बर्नली पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बर्नलीलाई हराएको छ । आर्सनलसँग बर्नलीलाई १–० गोल अन्तरले पराजित भएको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले खेलको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो। यो जितसँगै आर्सनलले लिगमा ५ खेलमा ६ अङ्क जोडेको छ । आर्सनल तालिकाको १३ औं स्थानमा छ । बर्नली १ अङ्कका साथ १९ औं स्थानमा छ ।

इङ्ग्लिस प्रिमियर लिग : आर्सनलको खराब यात्रा रोकिएन, सिटीसँग पाँच गोलले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले खराब यात्रा कायमै राखेको छ । यो सिजनका सुरुका दुई वटा खेल हारेको आर्सनल आज पनि म्यानचेस्टर सिटीसँग पराजित भएको छ। सिटीले आर्सनललाई ५–० को फराकिलो अन्तरले हरायो । सिटीका लागि फरान टोरेसले २ तथा ग्याब्रियल जिसस, रोड्री र गुण्डोगानले १/१ गोल गरे । आर्सनलका साकाले ३५ औं मिनेटमा रातो कार्ड पाएपछि उ १० खेलाडीमा सीमित भएको थियो। आजको जितसँग सिटी ७ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ, तीन खेलमा अङ्क जोड्न नसकेको आर्सनल पुछारमा झरेको छ ।

इङ्ग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डले आर्सनललाई २–० ले हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमाा ब्रेन्टफोर्डले आर्सनललाई २–० गोल अन्तरले हराएको छ । गएराति एक बजे भएको खेलमा ब्रेन्टफोर्डले आर्सनलाई २–० गोल अन्तरले हराएको हो । ब्रेन्टफोर्डका लागि २२ औँ मिनेटमा सेर्गी कानोस र ७३ औँ मिनेटमा क्रिश्चियन नोगार्डले गोल गरेका हुन् । एलेक्सान्डर लाकाजेटी र पिएर–एमरिकबिना मैदानमा रहेको आर्सनल कमजोर देखिएको थियो । घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रङ्गशालामा भएको खेलमा ब्रेन्टफोर्डले बलियो टिममाथि शानदार जित निकालेर प्रिमियर लिग यात्रा थालेको हो ।