भरतपुर अस्पतालमा सेवा थपिए तर जनशक्ति थपिएन

चितवन- सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन ।  त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन गरिएको छैन । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सरकारले घोषणा गरे पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको बताए […]

सम्बन्धित सामग्री

पर्यटकलाई ट्रेकिङ लैजाने तीनसय जना ‘गाइड’ थपिए

पर्यटन बोर्डले गत अप्रिल एकदेखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गर्यो। यो व्यवस्था लागु भएसँगै नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनुपर्ने बाध्यता लागु भयो। नयाँ व्यवस्था लागु भ...

स्वास्थ्य सेवामा थपिए २९५ जनशक्ति

लोक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियुक्तिपत्र दिएको छ ।

काठमाडौं महानगरको दैनिक सफाइमा थपिए जनशक्ति, १५० जना ५ क्षेत्रमा बाँडेर परिचालन

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरी सरसफाइका लागि थप १ सय ५० जनाको थप जनशक्ति परिचालन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका

भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति थपिएन

सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन । त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन गरिएको छैन । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सरकारले घोषणा गरे पनि जनशक्ति व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनुहुन्छ । …

जनशक्ति अभावले बर्डफ्लु नियन्त्रणमा चुनौती

काठमाडौं (अस) । देशका विभिन्न जिल्लामा फैलिरहेको बर्डफ्लु रोग नियन्त्रण गर्न जनशक्ति अभाव चुनौतीको रूपमा थपिएको छ । स्थानीय तहमा आवश्यकता अनुसार जनशक्ति नहुँदा रोग नियन्त्रणमा चुनौती भएको हो । पछिल्लो पटक करीब एक महीनाअघि देखिएको बर्डफ्लूको संक्रमण अहिले काठमाडौं उपत्यकासहित मोरङ, सुनसरी, चितवन, उदयपुर र सिन्धुपाल्चोकसम्म फैलिसकेको छ । यस्तै लमजुङ र कास्कीमा पनि किसानले पालेका हाँस, कखुरा लगायत पन्छी बिरामी परेर मर्न थालेपछि नमूना परीक्षणको काम अघि बढाइएको छ । एक जिल्लाबाट अर्को जिल्लामा फैलिरहेको यो रोगको संक्रमण जनशक्तिको अभाव हुँदा नियन्त्रण गर्न समस्या भएको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए । ढकालका अनुसार देश संघीयतामा जानुभन्दा अघि देशभरका एक हजार कार्यालयबाट ६ हजारभन्दा बढी प्राविधिक सहितका जनशक्तिले पशुपन्छी सम्बन्धी संक्रामक रोगको क्षेत्रमा काम गर्ने गरेका थिए । तर अहिले ३० ओटा कार्यालयबाट ५०० जनशक्तिले काम गरिरहेका छन् । देश संघीयतामा गएपछि विभिन्न स्थानीय तहमा कार्यालय थपिए पनि नयाँ कर्मचारी नथपिँदा समस्या भएको उनको भनाइ छ । पुराना कर्मचारी अवकाश हुने र नयाँ नथपिएपछि जनशक्ति अभाव भएको उनले बताए । यसअघि गतवर्ष पनि नेपालमा बर्डफ्लु रोग देखिएको थियो । त्यसबेला कोरोना महामारी पनि उत्कर्षमा पुगेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका ८ ओटा प्रयोगशालामध्ये पाँचओटा कारोना परीक्षणका लागि प्रयोग भइरहेकाले बर्डफ्लुको नमूना परीक्षणका लागि प्रयोगशाला अभाव भएको थियो । यसपालि प्रयोगशाला पर्याप्त रहे पनि जनशक्ति नभएको जानकारी सम्बन्धित निकायले दिएका छन् । रोग थप फैलिन नदिन सरकारले नमूना संकलन गर्ने, संक्रमण देखिएका ठाउँमा हाँस, कखुरा लगायत पन्छीहरू नष्ट गर्ने काम गरिरहेको छ ।

दाङका अस्पतालमा पूर्वाधार पर्याप्त, जनशक्ति अभाव

२ माघ, दाङ । दोस्रो लहरको कोभिड संक्रमण संक्रामक देखिएपछि दाङका अस्पतालहरुमा धमाधम पूर्वाधार थपिए । जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माणदेखि आईसीयू, एनआईसीयू, पीआईसीयू र भेन्टिलेटर जस्ता स्वास्थ्य पूर्वाधार तयार गरियो । अहिले कोभिडको तेस्रो लहर शुरु भएर जिल्लामा संक्रमित बढिरहँदा स्वास्थ्य जनशक्ति अभाव देखिन्छ । लुम्बिनी प्रदेशकै एकमात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड […]

राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर

तेह्रथुम– करारमा रहेका डाक्टरहरूको समायवधि सकिएपछी जनशक्ति अभाव रहेको तेह्रथुम जिल्ला अस्पतालमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलको निर्देशनमा डाक्टर थपिएका छन् । अस्पतालका कर्मचारीहरूले करार अवधि सकिएका र केही डाक्टरहरू अध्ययन बिदामामा रहेकाले उपचारमा समस्या भएको गुनासो आएपछि राज्यमन्त्री खापुङलको निर्देशनमा प्रदेश सरकार मार्फत थप दुई जना डाक्टर करारमा थपिएका हुन् । कर्मचारीहरूले जिल्ला […]

पर्वत अस्पतालमा २० बेड थपिए

पर्वत । कोभिड–१९ का संक्रमित बिरामीको संख्या दैनिक बढ्दै गएपछि पर्वत अस्पतलामा शय्या थप गरिएको छ । जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालबाट आवश्यक पलङ, लत्ताकपडालगायत सामग्री लगेर २० बेड थपिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । अस्पतालले सञ्चालनमा ल्याएको १० शय्या क्षमताको कोरोना संक्रमित उपचार कक्ष सोमबार नै भरिएको हो । अस्पतालमा रहेका सबै कोभिडका बिरामीले त्यहीकै अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन तथा सिलिन्डरबाट अक्सिजन लिएर उपचार गरिरहेका छन् । कोरोना संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर पर्वत अस्पतालमा कुश्मा नगरपालिकाले पनि खर्च वहन गर्ने गरी २० शय्या विस्तार गरिएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । थपिएका बेडमा समेत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार गरिनेछ ।  स्वास्थ्यकर्मीबिना अक्सिजन मात्र दिएर बिरामी ठीक हुने अवस्था नभएको र अहिले अस्पतालमा रहेको जनशक्ति अपुग हुने अवस्था आएको अस्पतालका अध्यक्ष पहाडीले बताए । उनका अनुसार थप हुने बिरामीको उपचारका लागि थप बजेट र जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकार र पर्वतका नगरपालिका तथा गाउँपालिकाबाट आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । पर्वतमा पछिल्लो साता कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । सोमबार एकै दिन ८१ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म पर्वतमा ३ सय ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए । उनका अनुसार २ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी २८ जनाको जिल्ला अस्पताल र गाउँ, नगरपालिकाका अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

थपिए १० आईसीयूसहित १ सय बेड, पालिकाहरु अक्सिजनसहितका आइसोलेशन बनाउँदै

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा शैय्या (बेड) थपिएका छन् ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डीमा  रहेको कोरोना विशेष अस्पतालमा यस अघि ५ वटा आईसीयू र एचडीसीयू बेड  गरी ३५ बेड थिए । यसलाई बढाएर आईसीयू दश वटा, एचडीसीयू बेड ५० वटा र सामान्य बेड ४० गरी एक सय बेड तयार पारिएको छ ।  अस्पताल व्यवस्थापन पक्षले दिएको जानकारी अनुसार  शनिबार नै जनशक्ति पनि थप्ने तयारी गरिएको छ । यस अघि ३५ वटा बेड मात्रै हुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर ...

भेरी अस्पतालमा उपचार पाउन मुस्किल

नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना भएका ८२ कोरोना संक्रमितमध्ये ४१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ । दैनिक संक्रमित थपिए पनि जनशक्ति नहुँदा उपचारमा समस्या भएको छ । एकजना स्वास्थ्यकर्मीले एकजना संक्रमितको हेरचाह गर्नुपर्ने...