स्वास्थ्य सेवामा थपिए २९५ जनशक्ति

लोक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियुक्तिपत्र दिएको छ ।

सम्बन्धित सामग्री

दाङका अस्पतालमा पूर्वाधार पर्याप्त, जनशक्ति अभाव

२ माघ, दाङ । दोस्रो लहरको कोभिड संक्रमण संक्रामक देखिएपछि दाङका अस्पतालहरुमा धमाधम पूर्वाधार थपिए । जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लान्ट निर्माणदेखि आईसीयू, एनआईसीयू, पीआईसीयू र भेन्टिलेटर जस्ता स्वास्थ्य पूर्वाधार तयार गरियो । अहिले कोभिडको तेस्रो लहर शुरु भएर जिल्लामा संक्रमित बढिरहँदा स्वास्थ्य जनशक्ति अभाव देखिन्छ । लुम्बिनी प्रदेशकै एकमात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड […]

राज्यमन्त्री खापुङको निर्देशनमा तेह्रथुम अस्पतालमा थपिए डाक्टर

तेह्रथुम– करारमा रहेका डाक्टरहरूको समायवधि सकिएपछी जनशक्ति अभाव रहेको तेह्रथुम जिल्ला अस्पतालमा स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलको निर्देशनमा डाक्टर थपिएका छन् । अस्पतालका कर्मचारीहरूले करार अवधि सकिएका र केही डाक्टरहरू अध्ययन बिदामामा रहेकाले उपचारमा समस्या भएको गुनासो आएपछि राज्यमन्त्री खापुङलको निर्देशनमा प्रदेश सरकार मार्फत थप दुई जना डाक्टर करारमा थपिएका हुन् । कर्मचारीहरूले जिल्ला […]

पर्वत अस्पतालमा २० बेड थपिए

पर्वत । कोभिड–१९ का संक्रमित बिरामीको संख्या दैनिक बढ्दै गएपछि पर्वत अस्पतलामा शय्या थप गरिएको छ । जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालबाट आवश्यक पलङ, लत्ताकपडालगायत सामग्री लगेर २० बेड थपिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । अस्पतालले सञ्चालनमा ल्याएको १० शय्या क्षमताको कोरोना संक्रमित उपचार कक्ष सोमबार नै भरिएको हो । अस्पतालमा रहेका सबै कोभिडका बिरामीले त्यहीकै अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन तथा सिलिन्डरबाट अक्सिजन लिएर उपचार गरिरहेका छन् । कोरोना संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर पर्वत अस्पतालमा कुश्मा नगरपालिकाले पनि खर्च वहन गर्ने गरी २० शय्या विस्तार गरिएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । थपिएका बेडमा समेत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार गरिनेछ ।  स्वास्थ्यकर्मीबिना अक्सिजन मात्र दिएर बिरामी ठीक हुने अवस्था नभएको र अहिले अस्पतालमा रहेको जनशक्ति अपुग हुने अवस्था आएको अस्पतालका अध्यक्ष पहाडीले बताए । उनका अनुसार थप हुने बिरामीको उपचारका लागि थप बजेट र जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकार र पर्वतका नगरपालिका तथा गाउँपालिकाबाट आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । पर्वतमा पछिल्लो साता कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । सोमबार एकै दिन ८१ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म पर्वतमा ३ सय ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए । उनका अनुसार २ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी २८ जनाको जिल्ला अस्पताल र गाउँ, नगरपालिकाका अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

भेरी अस्पतालमा उपचार पाउन मुस्किल

नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना भएका ८२ कोरोना संक्रमितमध्ये ४१ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ । दैनिक संक्रमित थपिए पनि जनशक्ति नहुँदा उपचारमा समस्या भएको छ । एकजना स्वास्थ्यकर्मीले एकजना संक्रमितको हेरचाह गर्नुपर्ने...