प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम

११ असोज, गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् । केही दिनयता डा. भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् । उनले पार्टी पंक्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना […]

सम्बन्धित सामग्री

रवि-गगनबीच गोप्य चुनावी तालमेल : रास्वपाको उदयमा गगनको 'मिसन पीएम' फ्याक्टर

चितवन २ मा भारि मतान्तरसहित बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक उदयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा फ्याक्टर हाबी भएको राजनीतिक वृत्तमा चर्चामा छ ।कतिपय घटनाक्रमले रविलाई गगनले साथ दिएको पुष्टि गर्छन् । यो समाचार टिप्पणी लेखिरहँदा रविले चितवन २ मा ४९ हजार २६४ मत ल्याएर एमालेका कृष्णभक्त पोखरेल र राज्यमन्त्रीसमेत रहेका कांग्रेसका उमेश श्रेष्ठलाई ठूलो मतान्तरसहित पराजित गरेका छन् भने चितवन १ मा रास्वपाकै उम्मेदवार हरि ढकालको मतान्तर फराकिलो बन्दै गइरहेको छ । एक वर्ष अगाडि भएको महाधिवेशनमा भारि मतले महामन्त्री चुनिएका गगनले त्यसलगत्तै 'मिसन पीएम' नामको अभियान चालेका थिए । आफू हरहालतमा प्रधानमन्त्री बन्ने अठोट राखेका गगनले कम्युनिस्ट शक्तिलाई साइजमा ल्याउने र आफ्नै पार्टी कांग्रेसभित्र आफ्नो प्रभाव बढाउने रणनीतिसँगै रविलाई माथि ल्याउन सहयोग गरेको चर्चा कांग्रेसभित्रै चुलिएको छ । एउटा घटनाक्रमले यसको पुष्टि गर्छ । चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेल र २ का उम्मेदवार उमेश श्रेष्ठले गगनलाई पटक-पटक चितवन आएर गठबन्धनको पक्षमा बोलिदिन आग्रह गरेका थिए । श्रेष्ठको चुनावी अभियानमा सक्रियताका साथ लागेका एक कांग्रेस कार्यकर्ता भन्छन् – 'मन्त्रीज्यूले चितवन आएर गठबन्धनका पक्षमा सम्बोधन गर्न पटक-पटक आग्रह गर्नुभएको थियो । तर गगन दाइले मान्नुभएन ।'गत कात्तिक २६ गते गठबन्धनले चितवनमा चुनावी सभा आयोजना गरेको थियो । त्यसमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गरे । गगन चुनावी सभामै देखिएनन् । चुनावी सभामा मात्र होइन उनले चितवनका दुवै उम्मेदवारका लागि कहीं पनि मत मागेनन् । यसका दुई कारण थिए । पहिलो विश्व पौडेल र उमेश श्रेष्ठले सिधै बालुवाटारबाट टिकट पाएका थिए । दुवै पहिलोपटक प्रत्यक्ष चुनाव लड्दै थिए । प्रधानमन्त्री पत्नी आरजु देउवालाई विश्वासमा लिएर टिकट पाएका दुवै जनाले जित्दा गगन कांग्रेसभित्र कमजोर बन्ने पक्का थियो । दोस्रो गगन रविसँग प्रत्यक्ष सम्पर्कमा थिए । प्रधानमन्त्री बन्न 'मिसन पीएम' अभियानअन्तर्गत ३१ विधामा ६० जनाभन्दा बढी विज्ञ सम्मिलित टोलीमार्फत फरक–फरक क्षेत्रको अध्ययन गरिरहेका गगनलाई कम्तीमा चितवन र काठमाडौँमा नयाँ जनमत सिर्जना गर्न सकिने अवस्था थाहा नहुने कुरै भएन ।    पार्टीभित्र हावी हुन पनि पाइने, कम्युनिस्टलाई साइजमा राख्न पनि पाइने र राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाउन पाइने त्यसपछि मात्र प्रधानमन्त्री हुने बाटो सहज गर्ने रणनीतिमा गगनले रविलाई साथ दिएका हुन् । चितवन १ मा रास्वपाका हरि ढकालको जित सुनिश्चित जस्तै छ भने २ मा रविले बाजी मारिसकेका छन् । रविले आफ्नो पार्टी निर्णायक ढंगले उदाउने र ठूला दलमा पनि नयाँ नेतृत्व आएदेखि सरकारमा सामेल हुन सक्ने अभिव्यक्ति दिइसकेका छन् । यो अभिव्यक्ति गगनलक्षित नै हो । गगनले रविसँग गोप्य तालमेल गरेका रहेछन् भन्ने पुष्टि अर्को घटनाक्रमबाट पनि हुन्छ । काठमाडौँका दशवटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले चारवटामा बिजय हासिल गर्यो । बाँकी ५ वटामा राम्रै मत ल्यायो । तर गगनले बिजय हासिल गरेको क्षेत्र नम्बर ४ मा रास्वपाले उम्मेदवारी नै दिएन । काठमाडौँ २, ६, ७ र ८ मा रास्वपाले बिजय हासिल गरेको छ भने ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ बिजयी भएका छन् । अन्य क्षेत्रमा कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । त्यस्तै ललितपुर ३ मा पनि रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्की बिजयी भएकी छन् । समानुपातिक मतमा पनि रास्वपा माओवादी केन्द्रभन्दा अगाडि छ । अबको संसदमा रविले कम्तीमा २० सांसदमार्फत आफ्नो प्रतिनिधित्व गर्ने पक्कापक्की भइसकेको छ । कतिपय स्रोतहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम अवस्थामा यसअघि लडेको चितवन क्षेत्र नम्बर ३ छोडेर गोर्खा जानुमा गगनकै यही रणनीतिले काम गरेको बताउँछन् । आफू प्रधानमन्त्री बन्ने अवस्था आएमा रास्वपा र माओवादी केन्द्रलाई सजिलै मनाउन सक्ने गगनले आंकलन गरेका छन् । त्यस्तै सम्भावित वाम गठबन्धनलाई रोक्न पनि गगनलाई चुनौती छ । गगन शुरूदेखि नै सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको विपक्षमा थिए । पछि कांग्रेसले त्यसलाई औपचारिक रूपमै पारित गरेपछि पार्टीको निर्णयप्रति असहमति हुँदाहुँदै पनि कार्यान्वयन गर्नुपर्ने अभिव्यक्ति गगनले दिएका थिए । गठबन्धनमा भएको तालमेलअनुसार कांग्रेस मतदाताले रुख चिह्न नभेटिएको ठाउँमा घन्टीमा मत हालेका छन् । चुनाव हुन केही दिनमात्र बाँकी रहँदा घन्टीको लहर देशव्यापी भयो । यो लहरमा माओवादी र एमाले पनि सामेल भएको समानुपातिक मतपरिणामले प्रष्ट पारेको छ । कम्युनिस्टलाई साइजमा राख्ने, पार्टीबाहिर एउटा 'स्याटेलाइट' शक्ति राख्ने र पार्टीभित्र प्रभाव बढाउँदै जाने गगनको यो रणनीति कत्तिको प्रभावकारी हुन्छ, त्यो अन्तिम मतपरिणाम र त्यसपछि सरकार बनाउन हुने चलखेलहरूले पुष्टि गर्नेछन् ।

मानुषीलाई काठमाडौँ ७ छाडिदेला त गठबन्धनले

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई प्रत्यक्ष चुनाव लड्नबाट पछि हटे पनि छोरी मानुषीलाई उठाउने मनस्थितिमा छन्। गोरखा २ मा चुनाव लड्ने चर्चा भए पनि उनी पछि हटेर नलड्ने घोषणा गरेका छन्। नेपाल समाजवादी पार्टीकी नेत्री तथा बाबुराम पुत्री मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने तयारी अवस्थामा छिन्। […]

प्रत्यक्ष चुनाव नलड्ने बाबुरामको घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गर्नुभएकाे छ। उहाँले आज (साेमबार) सामाजिक संजाल फेसबुकमार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे । उहाँले गोरखाली मतदातालाई धन्यवाद दिंदै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताउनुभएकाे छ । यसअघि अध्यक्ष भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट […]

चुनाव नलड्नेबारे बाबुराम भन्छन्- सबै नेता चुनावदेखि चुनावसम्म अल्झिनुहुँदैन

१३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसाप)का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेताहरू चुनावदेखि चुनावसम्म अल्झिएर बस्न नहुने बताएका छन् । अनलाइनखबरमा प्रकाशित ‘प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम’  शीर्षकको समाचार ट्वीट गर्दै डा. भट्टराईले विहीबार बिहान भनेका छन्,  ‘विश्व/नेपालका समाजवादी आन्दोलनका अनुभवबाट सिकेर अगाडि बढ्ने हो भने हामीले आउट अफ बक्स गएर सोच्ने/गर्ने आँट […]

प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम, प्रचण्डसँग बनाएका छन् यस्तो सहमति !

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् । केही दिनयता डा.भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् । उनले पार्टी पङ्क्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना सुनाइरहेका छन् ।  शनिबार नेसपा, […]

ठूला दलका समानुपातिक सूचीः देउवापत्नी आरजुदेखि पूर्वसभामुख महरासम्म (नामसहित)

सोमबार रातीसम्म दलहरुले समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रधानमन्त्रीकी धर्मपत्नी, पूर्वसभामुखदेखि पूर्वराजदूतसम्म रहेका छन् । समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । तर, दलहरु आफैँले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि उनीहरुले प्रत्यक्ष निर्वाचनमा लडाउँदा चुनाव हार्ने भयले ठूला नेतालाई संसद छिराउने उपायका रुपमा सामानुपातिक कोटालाई भर्याङ बनाउने गरी सूची पेश गरेका छन् ।आयोगले दलहरुलाई असोज १६ गतेसम्म सूची सच्याउने समय दिएको छ । त्यसकारण सोमबार पेश भएको सूचीमा भएका नामावली नै अन्तिम भने होइनन् । कुन दलबाट को को छन् बन्दसूचीमा ?प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवारको नाम आयोगमा बुझाएका छन् । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले समानुपातिकका लागि मापदण्ड नै बनाएको थियो । एमालेले यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई पुनः समानुपातिकमा सिफारिस नगर्ने मापदण्ड बनाए अनुसार नै नयाँ नाम सिफारिस गरेको छ । एमालले बुझाएको बन्दसूचीमा केन्द्रीय पदाधिकारी र यसअघि समानुपातिक सांसद भइसकेका नेताको नाम छैन । समानुपातिक सूचीमा परेका एमालेका सबैभन्दा ठूला नेता हुन् स्थायी कमिटी सदस्य रघुजी पन्त । पन्तसँगै गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य लीलबहादुर थापा, अनेरास्ववियुकी अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य सुनीता बराल, उमा कोइरालाको नाम एमालेले बुझाएको बन्दसूचीमा छ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापालाई पनि एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । युवा महिला कोटाबाट मेनुका पछाईं, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, ईश्वरी रिजाल विश्वकर्माको नाम पनि बन्दसूचीमा छ ।त्यस्तै, नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफरिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाट चुनाव हारेकी आरजुले प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको भएपनि सभापति देउवाले उनको नाम समानुपातिकमा सिफारिस गरेका हुन् । काँग्रेसले आफ्ना ‘हेभिवेट’ नेताहरुलाई समानुपातिकको सूचीमा राखेको छ । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियारले सोमबार दिउँसो निर्वाचन आयोगमा बुझाएको प्रारम्भिक सूचीमा विमलेन्द्र निधि, प्रकाशरण महत, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर लगायत ठूला नेताको नाम छ ।तर, काँग्रेसमा विवाद कायम रहेकाले सूची असोज १६ सम्म धेरै फेरबदल हुनसक्ने अनुमान गरिएको छ ।यता, काँग्रेस सँगकै गठबन्धनमा रहेको माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरालाई समानुपातिकमा राखेको छ । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने उपाध्यक्ष महरा २०४८ सालपछिका हरेक निर्वाचनमा निर्वाचित हुँदै आएका थिए । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भएका थिए ।महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित भएका महरा विभिन्न मन्त्री हुँदै सभामुखसम्म भए । रोशनी शाहीले बलात्कारको मुद्दा लगाएपछि महरा सभामुख पदबाट बहिर्गममा परे ।यसपाली पनि, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिक रोजे ।महरासँगै, माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, परशुराम तामाङ र बाबुराम भट्टराईको पार्टीबाट पनि ५ जना परेका छन् । गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपानेको नाम पनि बाबुराम कोटाबाट माओवादीले समानुपातिकमा सिफारिस गरेको छ । पूर्वमन्त्री हकिकुल्ला खाँ, रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशील श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, ईश्वरचन्द्र ज्ञवाली, मोहनमान स्वाँर, अजम्बर राई काङबाङलाई पनि माओवादीले समानुपातिक सूचीमा राखेको छ एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले पनि समानुपातिक तर्फको बन्दसूची आयोगमा पुर्याएको छ । उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, भरतकुमार श्रेष्ठलाई समानुपातिक उम्मेदवार बनाएको छ । हमाल पूर्वराजदूत हुन् ।