राप्रपा नेपालका शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्ने

राप्रपा नेपालका शीर्ष नेताहरुले आगामी संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले प्रत्यक्षमा सकेसम्म पार्टीका पदाधिकारी तथा वरिष्ठ नेताहरूले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए । बैठकले पार्टीका उपाध्यक्ष डा बिष्णु भण्डारीद्वारा प्रस्तुत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र परिमार्जन सहित पारित गरेको छ । यस्तै  निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि प