आजबाट रेल सेवा सञ्चालनमा आउने

काठमाडौं । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुने भएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार आजबाट बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन हुन लागेको हो । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन […]

सम्बन्धित सामग्री

जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा आजदेखि सुरु हुँदै

जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ  गरेका थिए ।  आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।   उनका अनुसार  दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ ।  जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुर

आजबाट नेपाल-भारत रेलवे सेवा सुरु

काठमाडौं । भारतको हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज ९शनिबार० भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको छ । करिब डेढ वर्षअघि भारतबाट झन्डै १ अर्ब खर्चिएर ल्याइएको रेल सञ्चालनका लागि आज साइत जुरेको हो । अघिल्लो सरकारले नै रेल सञ्चालनका लागि विभिन्न समयमा मिति तय गर्दै […]

जनकपुर–जयनगर रेल सञ्चालन (फोटोफिचर)

जनकपुर, १ फागुन । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालनमा । नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो । रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन् । तस्बिरः अजयकुमार साह÷ रासस

रेलवे कानुन आयो, बजेट आएन

काठमाडौं, मंसिर १९ । रेल्वे अध्यादेश, २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भए पनि सञ्चालनको अन्योल भने यथावत् छ । बजेटको अभावमा सो रेल सेवा कहिलेदेखि सञ्चालनमा आउने भने अझै सुनिश्चित हुन सकेको छैन । माग गरिएको रकम उपलब्ध नभएसम्म सो रेल सेवा सञ्चालनमा आउन नसक्ने नेपाल रेल्वे कम्पनीले स्पष्ट पारेको […]

अध्यादेश ल्याएरै भए पनि चाँडै रेल चलाउँछौँः मन्त्री यादव

जनकपुरधाम– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले अध्यादेश ल्याएर भए पनि चाँडै रेल सेवा सञ्चालनमा ल्याउने बताएकी छन्। जनकपुरधाम उद्योग वाणिज्य संघले शुक्रबार जनकपुरधाम–जयनगर रेल सेवा अविलम्ब सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएपछि उनले चाँडै रेल सञ्चालनमा आउने आश्वासन दिएकी हुन्। उनले भारतीय राजदूतसँग रेल्वे सम्बन्धमा छलफल रहेकाले त्यसबाट पनि रेल सञ्चालनबारे केही जानकारी […]

रेल्वे कम्पनीका कर्मचारी हटाइए

काठमाडौँ– नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भनेका हुन् । कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको […]

संक्रमित बढ्दै, तयारी सुस्त

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै कामका लागि त्यहाँ रहेका कर्णालीबासी फर्कने आँकलनसहित प्रदेश सरकारले बबईमा क्वारेन्टिन निर्माण र अनिवार्य स्वास्थ्य जाँच गर्ने निर्णय ग-यो।

स्वदेश भित्रिनेको चाप बढ्यो : क्वारेन्टिन बढेन

कञ्चनपुर । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश  फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको छ ।

सुरु भयो रेल सेवा

सीमावर्ती भारतीय नाका जोगबनीबाट दिल्लीलगायत विभिन्न ठाउँमा जाउनेजाने अवरुद्ध रेल सेवा सञ्चालनमा आएको छ । साउन अन्तिम साता आएको बाढीले पटरी बगाउँदा जोगबनीमा रेल आउजाउ रोकिएको थियो ।