यातायात मजदुर संगठनको आन्दोलन फिर्ता

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर संगठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर संगठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् […]

सम्बन्धित सामग्री

मजदुर कुट्ने एसपीलाई कारवाही नगरे आन्दोलन गर्ने यातायात मजदुर संगठनको चेतावनी

धरान । बुधबार साँझ काठमाडौं सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विज्ञप्ति जारी गर्दै लामिछानेलाई कारवाहीसहित सम्पूर्ण मजदुरहरूसँग काठमाडौं महानगरपालिकाले माफी माग्नुपर्ने माग राखेका छन् । घाइते श्रमिक तथा सञ्चारकर्मीको उपचारको व्यवस्था गरिनुपर्ने, […]

आन्दोलनको तयारीमा यातायात मजदुर

जनकपुर – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले सरकार एकलौटी अघि बढेको बन्दै देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको हो । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण नगरेको उनीहरुले बताएका छन् । संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत […]

यातायात मजदुरको आन्दोलन रोकिएको छैन : अध्यक्ष राई

काभ्रे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले यातायात मजदुरको आन्दोलन नरोकिएको स्पष्ट पार्नुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाई समितिको १६ औं अधिवेशन तथा यातायात मजदुर कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । यातायात मजदुरको आन्दोलन तत्कालका लागि स्थगित मात्रै भएको भन्दै उहाँले आन्दोलन नरोकिएको स्पष्ट पार्नुभएको […]

ल्होत्सेमा भएको लुटपाटप्रति उद्योग वाणिज्य संघको ध्यानाकर्षण

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से व्यापारिक केन्द्रका पसलहरूमा भएको लुटपाटको घटनाप्रति नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सोमवार यातायात मजदुर संगठनहरूले आन्दोलन गरेको समयमा प्रशासन र कानुनलाई ठाडो चुनौती दिँदै दिनदहाडै भएको घटनाले जनतालाई दिनुपर्ने शान्ति सुरक्षा र आफ्नो कर्तव्यमा सुरक्षा निकाय चुकेको संघको ठहर छ । ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई पनि हुन्छ, तर सोही प्रदर्शनको निहुँमा कसैको व्यक्तिगत व्यवसायमाथि तोडफोड र लुटपाट मच्चाउने अधिकार कसैलाई पनि छैन,’ संघले बुधवार विज्ञप्ति जारी गर्दैै भनेको छ । उक्त तोडफोड र लुटपाटमा पीडित व्यवसायीले लाखौंको क्षति भोग्नुपरेको संघले बताएको छ । कोभिड महामारी, चर्को बैंक ब्याजदरलगायत कारण धराशयी बन्दै गएको निजीक्षेत्र यस्ता घटनाले थप प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । संघले तोडफोड र लुटपाटको घोर विरोध गर्दै यस्ता कार्यमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न र पीडित व्यवसायीलाई आवश्यक क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

‘समस्या सडकमा नआउँदै सम्बोधन हुनुपर्छ’

काठमाण्डाै – पर्वत कुश्माका रामबहादुर थापा श्रीमतीलाई अस्पतालमा जँचाउन भनेर सोमवार काठमाण्डौ आउनुभयो । अस्पतालको काम सकेर घर फर्कनको लागि मंगलवार बिहानै नयाँ बसपार्क पुग्नु भयो । तर, बसपार्क पुग्दा कुनै गाडी थिएन ।  ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार आन्दोलन गरेका थिए । आन्दोलनमा सहभागी विभिन्न यातायातसम्बद्ध संस्थाहरुले विरोधस्वरुप मंगलवार सार्वजनिक यातायातका साधन नचलाउने घोषणा गरे । जसका कारण स...

यातायात मजदुर संगठनले गरेको यातायात बन्द फिर्ता

यातायात मजदुर संगठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर संगठनबीच