सरकारलाई यातायात मजदुरको १५ दिने अल्टिमेटम- माग पूरा नभए सबै सेवा ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी

काठमाडौं । यातायात क्षेत्र सुधारका लागि यातायात मजदुरहरुको संयुक्त संघ/संगठनले सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । उनीहरुले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग आफ्ना पाँच बुँदे अल्टिमेटमसहित १० बुँदे माग प्रस्तुत गर्दै समाधानका लागि अपील गरेका हुन् । मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी […]