राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता भएको छ । एमए (स्नातकोत्तर) र एमफिल (दर्शनाचार्य) अध्यययन  गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धानात्मक शोधग्रन्थ लेखन कार्यमा सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।बैंक सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने

सम्बन्धित सामग्री

शनिवार 'आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘इन्हान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’का लागि ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीको बारेमा अर्थविद्, बैंकिङ विज्ञ तथा उद्यमीका बीचमा व्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशानिर्देश गर्न बैंकले शनिवार ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ काठमाडौंमा आयोजना गर्न  लागेको हो । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा हुन लागेको ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ मा अर्थविद् एवं सांसद डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहझागी हुने कार्यक्रम छ । कार्यत्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, वरिष्ठ बैंकर परशुराम कुँवर, भुवन दाहाल, किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जिव सुब्बा, कमनसेन्स विज्ञ सुजिव शाक्य लगायतले धारणा राख्नेछन् । कार्यक्रममा करीब ४५० जनाको उपस्थिति रहने अनुमान छ ।

राष्ट्रिय वाणिज्य बैंकको ५.५० प्रतिशत नगद लाभांश पारित

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले ५ दशमलव ५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । सभामा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले बैंकले आफ्ना सेवा सुविधामा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाको प्रवाह गर्दै आएको बताए । सभामा बैंकका शेयरधनीहरू क्रमश: नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष ढुंगानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि शेयरधनीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारणा राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे अध्यक्ष ढुंगानाले जवाफ दिएका थिए ।

सरकारी बैंक मर्जरको अध्ययन अन्योलमा

सरकारी स्वामित्वका दुई वाणिज्य बैंक एक–आपसमा गाभ्ने प्रक्रिया अन्योलमा परेको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाई गाभ्ने सम्बन्धमा अध्ययन गर्न अर्थ मन्त्रालयका वित्तीय क्षेत्र समन्वय तत्कालीन महाशाखा प्रमुख झक्क...

राष्ट्रिय वाणिज्य बैंकले विदेशबाट करिब १२ अर्ब रुपैयाँ ऋण ल्याउने

विदेशबाट १० करोड अमेरिकी डलर ऋण ल्याउन अर्थ मन्त्रालयको सहमति, वैशाखभित्रै अन्तर्राष्ट्रिय आशयपत्र माग गरिने, यही आर्थिक वर्षमा सम्झौता गर्ने योजना सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (आरबिबी)ले विदेशबाट करिब १२ अर्ब...

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

असार २१, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् ।  नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको आइतवार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक सञ्चालक समिति समक्ष राजिनामा दिएका हुन् । अध्यक्ष पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजस्व सचिवको जिम्मेवारी सम्हाल्ने बैंकले जानकारी दिएको छ ।

स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्धन कार्यक्रम सुरु

काठमाडौं । बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रम अन्तर्गत युवा उद्यमी प्रवर्धन कार्यक्रम सुरु भएको छ ।शनिबार एक कार्यक्रमका बिच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र ...

उपेन्द्र कोइरालाले दिए राष्ट्रिय वाणिज्य बै‌ंकको सञ्चालक समिति सदस्यबाट राजीनामा

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बन्न नपाएपछि प्रा.डा उपेन्द्र कोइरालाले राजीनामा दिएका छन् ।  विहीवार नै  कोइरालाले अर्थ मन्त्रालयमा राजीनामा बुझाएको राष्ट्रिय वाणिज्य बैंक स्रोतले बताएको छ ।  बिहीवारको सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयका सहसचिव समेत रहेका सञ्चालक समिति सदस्य धनिराम शर्मालाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।  शर्मालाई नियुक्ती गरेपछि कोइरालाले बिहीवार नै सदस्य पदबाट अर्थ मन्त्रालयलाई राजीनामा पत्र बुझाएका हुन् ।  तत्कालिन अर्थमन्त्री डा. युवरा...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा शर्मा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो । अध्यक्ष शर्माले बिहीबार नै नेपाल...