साराङकोटमा ६ करोडको लगानीमा पञ्चमुखी गणेशको मूर्ति निर्माण गरिँदै

कास्की । साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताउनुभयो । “पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट […]

सम्बन्धित सामग्री

मिक्लाजुङमा ५३ फिट अग्लो बुद्धको मूर्ति

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा तीन करोड लगानीमा ५३ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ ।

सगरमाथादेखि तराईका फाँटको दृश्यावलोकन हुने मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जंगलको बीचमा अग्लो डाँडामाथि हरिया चौर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवर्द्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ नयाँ वर्ष, दशैं, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरूपमा सुन्दर भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ । प्रवर्द्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका छन्,’ उनले भने । वडाध्यक्ष राईले सुम्नीमा-पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए ।  १ हजार १०० रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैंचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवर्द्धनको काम शुरू भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् । आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोशीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जंगल पार गर्दै करीब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘प्रदेश सरकारले गत वर्ष रू. १५ लाख विनियोजन गरेको थियो भने यस वर्ष रू. १० लाख विनियोजन गरेको छ,’ उनले भने, ‘मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।’ मैस्याङटारको चौतर्फी विकासका लागि रू. ४ करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको छ । डीपीआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायत संरचना निर्माण गरिनेछ । मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । -रासस

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्की । कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए ।

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्की– कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए । ‘पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट […]

कालापानीमा बुद्धको स्तूप

जैविक विविधतायुक्त, जिल्लाकै गौरव एवं पालिकाको पहिचान दिने शैलुङको धार्मिक एवं पर्यटन प्रवद्र्धनका लागि शैलुङ गाउँपालिकाले विकासका विभिन्न संरचना निर्माण गरेको छ । समुद्र सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको शैलुङको विकासका लागि कालापानीलाई बेस क्याम्प बनाई विभिन्न संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार शैलुङले बुद्धलाई नै परिचित गराएको छ । यसलाई मध्यनजर गरी बेस क्याम्पमा ७० लाख रुपियाँको लगानीमा २५ फिट अग्लो बुद्धको स्तूपा र गुप्तेश्वर महादेवको मूर्ति स्थापना गरिएको छ । पर्यटकका लागि ५० जना क्षमताको गोलघर निर्माण भएको छ

अर्घामा दुई करोडको मूर्ति स्थापना गरिँदै

सन्धिखर्क नगरपालिकाले अर्घा दरबारमा २ करोड रुपैयाँ लगानीमा आकर्षक मूर्ति स्थापना गर्ने भएको छ । सिंहमाथि भगवती देवी बसेको पित्तलको मूर्ति एक वर्षदेखि ललितपुरमा निर्माण भइरहेको छ ।

टिकटक पार्कमा पर्यटक आउन थाले, स्थानीय खुशी

तनहुँको व्यास नगरपालिका १० परेवाडाँडामा निर्माण गरिएको पिजन हिल टिकटक पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । पार्क हेर्न र टिकटिक बनाउनेको भीड बढ्न थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पार्कभित्र चिल्ड्रेन फनपार्क, टिकटक ब्रिज, आकर्षक शिवको मूर्ति, गुफा आकारको कफी हाउस, परेवाको मूर्ति, लठ्ठे पिङ निर्माण गरिएको छ । व्यक्तिगत लगानीमा नै हालै पार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि ८० लाख रुपियाँ लगानी गरिएको सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो ।

महालक्ष्मी नगरमा बन्‍यो वनझाँक्री पार्क, उदघाटनमा विवाद

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकामा वनझाक्री पार्क निर्माण गरिएको छ। महालक्ष्मी नगरपालिका-६ र ७ को सिमानामा पर्नै गढीमा डाँडैडाँडा वनझाक्री पार्क निर्माण गरिएको हो। प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको लगानीमा पार्क निर्माण गरिएको हो। पार्कमा वनझाँक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खु...

ढुंगाबाट बनेको नेपालकै ठूलो बुद्धमूर्ति मुस्ताङमा

पर्वत : बौद्ध र हिन्दू दुवै धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा चिनिएको हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा ढुंगाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्ध मूर्ति निर्माण गरिएको छ। अमेरिकामा रहेर व्यवसाय गर्दै आएका सोनाम लामाले चार करोड रुपैयाँ लगानीमा उक्त मूर्ति निर्माण गरेका हुन्।  ३५ फिट अग्लो र ६० किलो...