टिकटक पार्कमा पर्यटक आउन थाले, स्थानीय खुशी

तनहुँको व्यास नगरपालिका १० परेवाडाँडामा निर्माण गरिएको पिजन हिल टिकटक पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । पार्क हेर्न र टिकटिक बनाउनेको भीड बढ्न थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पार्कभित्र चिल्ड्रेन फनपार्क, टिकटक ब्रिज, आकर्षक शिवको मूर्ति, गुफा आकारको कफी हाउस, परेवाको मूर्ति, लठ्ठे पिङ निर्माण गरिएको छ । व्यक्तिगत लगानीमा नै हालै पार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि ८० लाख रुपियाँ लगानी गरिएको सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो ।