भद्रपुर : प्रचण्ड–नेपाल पक्षका नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर आफैंले बनाएको संविधान कुल्चिएका बताएका छन्। प्रधानमन्त्रीको गृह जिल्लामा उनीविरुद्ध प्रचण्ड–नेपाल पक्षका नेकपा कार्यकर्ताले शनिबार शक्ति प्रदर्शन गरेका छन्। बिर्तामोडमा आयोजित विरोध सभामा उनले भने, "विगतका प्रधानमन्त्रीले संसद् विघटन गरेका कारण संविधान निर्माण गर्ने बेलामै संसद् विघटन गर्न नसक्ने व्यवस्था राखिएको छ। तर प्रधानमन्त्रीले नै त्यसको उल्लघंन गरे।'उनल