भारतबाट फर्किनेमा कारोनाको सङ्क्रमण देखिँदै

कञ्चनपुर- पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ। भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन्। शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ। सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण […]

सम्बन्धित सामग्री

भारतबाट फर्किने नेपालीमा देखिन थाल्यो कोरोना संक्रमण

पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ ।

कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ

काठमाडौँ – भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ […]

भारतबाट फर्किनेमा धमाधम कोरोना

सुदूरपश्चिम  प्रदेशमा भारतबाट   फर्किने   व्यक्तिमा   बढी   कोरोना सङ्क्रमण देखा परिरहेको छ।  भारतमा  सङ्क्रमण  बढेको  बेला  स्वदेश फर्किरहेका  धेरै  व्यक्तिहरूमा  सङ्क्रमण  देखा पर्न  थालेको  हो। यो  प्रदेशको  विभिन्न  नाकाबाट फर्किरहेका  नेपालीहरूको  नाकामै  परीक्षण  गर्ने व्यवस्था  गरिएको  छ।  पछिल्लो  तीन  दिनको तथ्याङ्कलाई हेर्दा सुदूरपश्चिममा फेला पर्ने जम्म...

बंगलादेशमा भीओसी सङ्क्रमणबाट ज्यान जान शुरू

बंगलादेशमा कोरोनाको भेरियन्ट अफ कन्सर्न (भीओसी) संक्रमणबाट मानिसको ज्यान जान शुरू भएको छ। भीओसी भारतमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट हो।सोमबार ज्यान गुमाएका ती व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए। बंगलादेशमा अहिलेसम्म ६ व्यक्तिमा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए।बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरूमा अत्यधिक सङ्क्रामक कोरोना भाइरसका दुई घटनाहर

इन्डियन भेरिएन्टबाट पहिलो मृत्यु

बङ्गलादेशले कोेभिड–१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ । सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट  हालै स्वदेश फर्केका थिए । बङ्गलादेशमा अहिलेसम्म छ व्यक्तिमा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए । बङ्गलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक...

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरि बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो ।

जमुनाह नाकामा भेटियो कोभिड सङ्क्रमित

बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो ।