कृषि उद्योगमा विरोधाभासपूर्ण नीति

कृषि उद्योगविना कृषिको व्यवसायीकरण हुन कठिन हुने तथा यसविना कृषिको विकास हुन नसक्ने यथार्थ भए पनि सरकारले कृषि उद्योगलाई प्राथमिकतामा राखेको पाइँदैन । अहिले चामल, तेल दाल उद्यमीले सरकारलाई यस उद्योगका समस्याका बारेमा बताइरहेका छन् तर सरकारले उद्यमीका समस्या समाधान गर्न चासो कमै दिएको पाइन्छ ।  कृषि उद्योगको विकासले कृषि उपजको बजारीकरण हुन्छ तर सरकारको नीति कृषि उद्योगका बारेमा विरोधाभासपूर्ण देखिन्छ । चामल, दाल आदि केही कृषि वस्तुको निर्यातमा सरकारले १ प्रतिशत निर्यात कर लगाइरहेको छ । अन्य वस्तुको निर्यातमा नगद अनुदान दिने सरकारले बलियो सम्भावना भएको प्राथमिक क्षेत्र कृषि भित्रको चामल, दाल निर्यातमा भने कर लिइरहेको छ । हो, नेपाल कृषिमा परनिर्भर भइरहेको छ । त्यसैले आयात कम हुन दिन चामल, दालको निर्यातमा कडाइ गरेको हुन सक्छ । तर, यस्तो कडाइले कृषकहरू निरुत्साहित हुनेतर्फ भने सरकारको ध्यान जान सकेको छैन । नेपालमा महँगोमा विक्री हुन नसकेको कुनै प्रजातिको चामल भारतमा राम्रो माग छ र नेपालमा भन्दा बढी मूल्य प्राप्त हुन्छ । तर, यस्तो चामल निर्यात गर्दा सरकारले १ प्रतिशत कर लिनुमा तर्कसंगत देखिन्न । निर्यातमा किन कर लिन परेको हो सरकारले स्पष्ट पार्न सकेको छैन ।  चामल निर्यातमा कर लगाएको सरकारले यसको आयातमा पनि कर लगाएको छ । एउटा वस्तु आयात गर्दा पनि कर लगाउने र निर्यात गर्दा पनि कर लगाउने कुरा सरकारी नीतिको विरोधाभास नै हो । प्रशोधित दाल, चामल आयातमा सरकारले १० प्रतिशत भन्सार लगाइरहेको छ । त्यस्तै कृषि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ अर्थात् धान आदिको आयातमा पनि कर नै लगाइएको छ । संसारमा कतै पनि कच्चा पदार्थ र प्रशोधित/उत्पादित वस्तुको आयातमा समान कर लगाएको पाइँदैन । यसले सरकारी नीतिमा रहेको विरोधाभासलाई उजागर गरेको छ । कच्चा पदार्थको आयात र प्रशोधित वस्तुको आयातमा कम्तीमा पनि १० प्रतिशत कर अन्तर हुनुपर्छ । समान कर लगाउँदा नेपाली व्यवसायीलाई मर्का पर्छ । उनीहरूले कामदारलाई दिनुपर्ने तलबभत्ता, पूर्वाधार र मेशिनरी आदिमा भएको खर्च इत्यादि हेर्दा नेपालमा उद्योग खोल्नु भनेको अपराध गर्नुसरह हो भन्ने देखाएको छ । तयारी वस्तु ल्याएर बेच्दा व्यापारीलाई फाइदा त हुन्छ तर त्यसले रोजगारी सृजना गर्दैन । उद्योगीले मूल्य अभिवृद्धि गर्ने मात्र होइन, कैयौंलाई रोजगारी दिएर अर्थतन्त्रमा ठूलो गुन पनि लगाइरहेको हुन्छ । यस्तो कृषि उद्योगलाई कुनै न कुनै रूपमा प्रोत्साहित गर्नु आवश्यक छ ।  अन्य उद्योग र कृषि उद्योगका बीचमा रहेको अन्तर सरकारी संयन्त्रले बुझ्न नसकेको र बुझ्न नचाहेको व्यवसायीको गुनासो छ । त्यसैले सिमेन्ट निर्यात गर्दा सरकारले अनुदान दिन्छ तर कृषि वस्तुको निर्यातमा प्रतिबन्ध लगाएसरह छ, अनुदान दिने त परको कुरा । यसरी कुनै पनि मुलुकले औद्योगिक विकास गर्न सक्दैन ।  सरकारले कृषिलाई उच्च प्राथमिकता दिएको बताए पनि अपेक्षित उपलब्धि प्राप्त गर्न नसक्नुमा कृषि नीतिमा रहेकोे यही विरोधाभास एउटा प्रमुख कारण हो । कृषिलाई प्राथमिकता दिइरहँदा किसानलाई प्रोत्साहित गर्ने स्पष्ट नीति पनि ल्याउनुपर्छ । सरकारले व्यावहारिकताको कसीमा कुन कुरा उपयुक्त हो र कुन कुरा सही छैन भन्ने निक्र्योल गर्नु आवश्यक हुन्छ । त्यसो हुँदा कुनै वस्तुलाई निरुत्साहित गर्नुपर्ने हुन्छ भने कुनैलाई प्रोत्साहित । सरकारले एउटै वस्तुलाई निर्यातमा पनि कडाइ गर्नु र आयातमा पनि कडाइ गर्नुको चित्तबुझ्दो जवाफ दिनुपर्छ । सबैलाई एकै डालोमा राखेर पन्छिने सरकारी प्रवृत्ति कृषिक्षेत्रको विकासका लागि निकै घातक छ । निर्यात/आयातमा समस्या छन् भने कुनमा के हो टुंगो लगाएर मात्र नीति बनाउनुपर्छ । अहिले चामल, तेल दाल संघले पत्रकार सम्मेलन गरेरै विरोधाभासपूर्ण नीति सच्याउन माग गरेको छ । यदि कृषि र कृषि उद्योगमा ठूलो परिवर्तन ल्याउने हो भने आगामी आर्थिक वर्षको बजेटमा यी जायज मागलाई सम्बोधन गर्नुपर्छ । यस्ता द्वैध नीतिलाई सुधार नगर्ने हो भने कृषिको विकासका लागि जति गफ गरे पनि कुनै अर्थ हुने छैन ।    

सम्बन्धित सामग्री

राष्ट्रिय कृषि नीति छिट्टै ल्याइन्छः मन्त्री भुसाल

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताएका छन्। राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण प्रक्रिया पूरा भएकाले […]

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या आयोः मन्त्री भुसाल

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताएका छन्। शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताएका हुन्। उनले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए। मन्त्री भुसालले तराई मधेसमा केही […]

सियारीको नीति तथा कार्यक्रममा कृषि र पर्यटन प्राथमिकतामा

रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम ल्याएको छ।...

प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई उच्च प्राथमिकता (पूर्णपाठसहित)

प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर

गण्डकीको नीति तथा कार्यक्रम : शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको हो । संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल […] The post गण्डकीको नीति तथा कार्यक्रम : शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.

नीति तथा कार्यक्रम : कृषि र स्वदेशी उत्पादनमा प्राथमिकता

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आर्थिक वर्ष २०७९/८० को सरकारी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गर्ने नीति सरकारले ल्याएको छ। कृषि क्षेत्रको आधुनिकीकरण गरे

सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने

काठमाडौँ- सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायिकरण, यान्त्रिकीकरणका, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्वद्धन गर्ने गरीको कृषि नीति सरकारले बनाउने भएको हो ।  आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्न नयाँ राष्ट्रिय कृषि नीति […]

व्यासको नीति तथा कार्यक्रम: स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यवसायीकरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको […]

प्रदेश १ ले अवलम्बन गर्‍यो ‘संरक्षित कृषि, सुरक्षित बचत’ नीति

४ असार, काठमाडौं । केन्द्रीय कृषि मन्त्रालयले मस्यौदा गर्दै गरेको ‘संरक्षित कृषि, सुरक्षित बचत’को नीतिलाई प्रदेश १ सरकारले पनि अबलम्बन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा सो नीति समावेश गरेर कृषि कार्यक्रम डिजाइन गरिएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले जानकारी दिए । किसानलाई कृषिमा टिकाउन उक्त नीति […]