बैतडी : बैतडीमा बजार अनुगमन शुरु भएको छ। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन हुन सकेको थिएन।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त रुपमा प्रत्येक महिना गरिने अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म अनुगमन भएको थिएन। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठपछि भएको थिएन।चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो थियो।अ