तिहार पर्र्व लक्षित गरी बाँकेमा जिल्लास्थित संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ । तिहार नजिकिँदै गर्दा मिठाइ तथा खाद्य वस्तुमा हुन सक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गर्न थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रवक्ता देवीलाल चौलागार्इंले बताए।