काठमाडौं । अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘कौसीद’को प्रदर्शन मिति पछि सरेको छ । जेठ २७ गतेको पूर्वनिर्धारित मिति स्थगित भएको ऋचाले अनलाइनखबरलाई जानकारी दिइन् । उनका अनुसार आगामी मंसिरमा फिल्म रिलिज गर्ने तयारी छ । ‘पूर्वनिर्धारित मितिमा कौसीद अब रिलिज हुँदैन,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेपछि मात्र अब नेपाल रिलिज गर्नेछौं ।’ […]