केही दिन अघि म नजिकैको बजारमा किनमेल गर्न जाँदा आधा दर्जन जति युवाहरु चिया पसलमा निकै जोड जोडले गफिदै थिए । तिनीहरुको कुरोको केन्द्रविन्दु राजनीतिमा युवा आउनुपर्छ भन्ने थियो । सायद चुनाव लागेर होला, के सहर, के गाउँमा त्यस्ता राजनीतिक गफ गर्ने झुण्ड थुप्रै छन् । यस्तै अर्को एउटा झुण्ड थियो, अलिक पाका ब्यक्तिहरुको । त्यहाँ एउटा मुख्य राजनीतिक पार्टीको कुरा भइरहेको थियो । तिनीहरु खुब जोसका साथ भन्दै थिए, ‘यत्रो इतिहास बोकेको पार्टीको कस्तो दुर्दशा भएको गाँठे ।’ ती दुई झुण्डको कुरा