आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छः अर्थमन्त्री महत

काठमाडाैँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री महतले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत–साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए। उनले विगतमा बजेटको प्राथमिकता […]

सम्बन्धित सामग्री

राजनीतिक अन्योलताका कारण विकासले गति लिन सकेनः अर्थमन्त्री महत

काठमाडौं, २७ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट […]

बजेट कार्यान्वयनमा अर्थमन्त्रीको चासो

काठमाडौं । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले साउनको शुरूदेखि नै चासो दिन थालेका छन् । देशका विभिन्न भन्सार र राजस्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले समयसीमा अनुसार बजेट कार्यान्वयनमा प्राथमिकता दिन निर्देशन दिएका छन् । बुधवार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री महतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भइसकेका आयोजनाको मात्र ठेक्का प्रक्रियामा जाने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिए । ‘कतिपय दायित्व सृजना भए पनि सरकारले तिर्न सकेको छैन । ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महीनाभित्र अर्थ मन्त्रालयमा आउनुपर्छ । एक महीनाभित्र आएको बिल अर्थ मन्त्रालयले १५ दिनभित्र पास गरेर पठाउनेछ,’ अर्थमन्त्री महतले भने, ‘अब असारमा खर्च हुँदैन ।’ बजेट शीर्षकमा नभएको तर दायित्व सृजना भएको छ भने त्यसमा विचार गर्न उनले सचिवहरूलाई सुझाए । अर्थमन्त्री महतले भने, ‘हामी धेरै ठूलो आवश्यकताको बीच सीमित स्रोतमा काम गर्दै छौं, त्यसकारण जति चाह्यो, त्यति बजेट दिन सकिँदैन ।’ स्रोत सुनिश्चित नभएको आयोजना अघि नबढाउन मन्त्रालयका सचिवहरूलाई उनले निर्देशन दिए । कात्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवलाई निर्देशन गर्न नसकिने कामलाई प्राथमिकतामा राख्दा स्रोत व्यवस्थापनमा समस्या देखिएको उनले बताए । अर्काे वर्षको बजेटका लागि अहिलेदेखि नै तयारी गर्न निर्देशन दिँदै उनले आवश्यक नभएको आयोजना हटाइदिन भनेका छन् । सरकारको बजेट कार्यान्वयन कमजोर बन्दै आएको छ । अर्थमन्त्री महतले बजेट कार्यान्वयनका लागि आर्थिक वर्षको शुरूमै थालेको पहलकदमीलाई सकारात्मक रूपमा लिइएको छ । यसैबीच, अर्थमन्त्री महत र गभर्नर महाप्रसाद अधिकारीबीच बुधवार भेटवार्ता भएको छ । हालै आफूले ल्याएको मौद्रिक नीतिबारे गभर्नर अधिकारीले अर्थमन्त्री महतलाई ‘ब्रिफिङ’ गरेका छन् । सरकारले ल्याएको बजेटलाई पूर्ण सघाउ पुग्नेगरी नै आफूले मौद्रिक नीति ल्याएको गभर्नर अधिकारीको भनाइ थियो । भेटमा अर्थमन्त्री महतले मौद्रिक नीति सन्तोषजनक रहेको भन्दै कार्यान्वयनमा ध्यान दिन जरुरी रहेको बताएका थिए ।

आम जनताको पहुच पुग्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दावी गर्नु भएको छ । शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । अर्थमन्त्री […]

बजेट इक्षापत्र मात्रै होइन कार्यान्वयनमुखी छ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इक्षापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरूले बजेटको विषयमा राखेका जिज्ञासामा उनले यस्तो जवाफ दिएका छन् । उनले सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भए पनि सीमित स्रोत र साधन भएकाले त्यही अनुसार बजेट बनेको बत...

नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत (लाइभ)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । अर्थमन्त्री प्रकाशशरण महतले संसदको बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको थियो ।

मुलुकको आर्थिक वृद्धि र जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गर्नुभएको छ।

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ।