जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाकामा एकै पटक पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई गाउँपालिकाले जनही एक लाख ५१ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।पाँचै बालिकाहरुको परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतोले आइतबार एक लाख ५१ हजारको चेक हस्तान्तरण गरेका हुन्। यसअघि प्रदेश सरकारले समेत पाँचै बालिकाको परिवारलाई एक–एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ।गत जेठ २८ गते मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ स्थ