"यदि तिमी स्वतन्त्र छौ भने अरूलाई स्वतन्त्रता दिलाऊ र यदि तिमी सबल छौ भने अरूलाई सबल बनाऊ"- टोनी मोरिसन ,विख्यात अमेरिकी उपन्यासकार तथा साहित्यतर्फ नोबेल पुरस्कार विजेता (1993) ।
मोरिसनको यो मानवतावादी कालजयी विचार हो र यसले लोकतन्त्रको आधारभूत मर्म बोकेको छ । एउटा विश्वविख्यात साहित्यकारको मौलिक विचार भएता पनि यसले राजनीतिसँग गहिरो समभाव र सादृश्यता राख्छ।
साँच्चै भन्ने हो भने राजनीतिको असली मर्म र धर्म पनि यही हो। राजनीतिक दलहरूको कर्तव्य पनि यही हो। विश्वका समुन्नत लोकतान्त्रिक मुलुकहरूले आफ्ना ना...