राजीनामा दिन्नँ, विश्वासको मत लिन्छु : मुख्यमन्त्री भीम आचार्य (भिडियोसहित)

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमालेका १० सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको सन्दर्भमा उनले तत्काल राजीनामा नदिने प्रस्ट पारे ।मुख्यमन्त्री आचार्यले आफू अल्पमतमा परे पनि संवैधानिक प्रावधान अनुसार अघि बढ्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘संविधान अनुसार म मुख्यमन्त्री भएको हो, संविधानमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार म विश्वासको मत

सम्बन्धित सामग्री

अष्टलक्ष्मी शाक्य र भीम आचार्यले मुख्यमन्त्रीकै रुपमा दशैं मान्ने

काठमाडौं, २४ असोज । प्रदेश १ र बागमती प्रदेश सरकार दशैंयता नढल्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैंपछि मात्र विश्वासको मत लिनुपर्ने भएपछि उनीहरुको पद जोगिएको हो । शाक्यले विश्वासको मतका लागि हालेको निवेदन दर्ता मात्र भएको छ । दशैंपछि मात्र विश्वासको मत लिनुपर्ने भएको […]

प्रदेश १ मा छिट्टै नयाँ सरकार : झाँक्री

विराटनगर : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रदेश १ मा चाँडै नयाँ सरकार बन्ने बताएकी छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेतृ झाँक्रीले प्रदेश १ को नेकपा एमाले नेतृत्वको सरकार ढल्ने र नयाँ सरकार बन्ने बताएकी हुन्।यसअघि सर्वोच्च अदालतमा मुद्दा परेकाले सरकार परिवर्तनको कदम अघि बढ्ने नसकेको भन्दै उनले सर्वोच्चबाट अन्तरिम आदेश नआएकाले अब नयाँ सरकार गठनको काम अघि बढ्ने बताइन्। नेकपा समाजवादीले मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई विश्वासको मत नदिने पनि उनले बताइन्।य

प्रदेश-१ र वाग्मती : बहुमतको ठेगान छैन, घमाधम मन्त्रिपरिषद् विस्तार

एमाले विभाजनसँगै राजनीतिक रुपमा अल्पमतमा परेका प्रदेश–१ मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुअघि नै सरकार विस्तार गरेका छन् ।

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य विरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । असोज ८ भित्र राजीनामा नदिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निष्कर्षमा गठबन्धन पुगेको हो । आचार्यले भने असोज २४ गते विश्वासको मत लिनेगरी प्रदेशसभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका छन् । असोज ८ गते भित्रमा मुख्यमन्त्रीले मार्गप्रशस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले लोकान्तरलाई बताए । तर मुख्यमन्त्री आचार्यले भने सत्ता टिकाउनका लागि पहल जारी राखेका छन् ।...

समाजवादीमा आएमात्रै आचार्य र शाक्यलाई विश्वासको मत

विराटनगर-नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीमा आए मात्रै प्रदेश–१ र बागमतीका मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिने बताएकी छन् ।शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले प्रदेश १ र बागमतीका मुख्यमन्त्रीले एमाले छाडेर आए विश्वासको मत दिने बताएकी हुन् । प्रदेशका मुख्यमन्त्रीहरू एमालेमै रहेको अवस्थामा एकीकृत समाजवादीले विश्वासको […]

आचार्य र शाक्य एकीकृत समाजवादी आउनुभए सरकार अल्पमतमा पर्दैन :  झाँक्री

विराटनगर : नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो पार्टी रोजे उनीहरुको नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेकी छन्।सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेतृ झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य एकीकृत समाजवादीमा आवद्ध भए विश्वासको मत जुटाउन आफ्नो पार्टी लाग्ने बताइन्। उनले आचार्य र शाक्य एमालेमै रहे

एकीकृत समाजवादी रोजे शाक्य र आचार्यको मुख्यमन्त्री पद जोगिन्छ : नेतृ झाँक्री

१९ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे उनीहरुलाई नै विश्वासको मत दिने बताएकी छन् । शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताएकी हुन् । ‘दल छान्ने […]

प्रदेश १ः एकीकृत समाजवादीका १० सांसदले दुई दिनका लागि विराटनगर छाडे

मोरङ – प्रदेश १ मा नेकपा एमालेको सरकारले स्थायित्व पाउने भन्ने सन्दर्भ एकीकृत समाजवादीका सांसदमा निर्भर देखिएको छ। मुख्यमन्त्री भीम आचार्य नेतृत्वलाई विश्वासको मत पुर्‍याउन र सरकारको सहज अवतरणका लागि गर्मागर्मी चलिरहँदा समाजवादीका १० जना सांसद दुई दिनको बसाइका लागि पहाडी क्षेत्रतर्फ लागेका छन्। विराटनगरको एक होटलमा पछिल्लो केही दिनबाट बस्दै आएका सांसद बुधबार एकैपटक […]

सत्ताको ‘मधुमास’ नसकिँदै संकटमा मुख्यमन्त्री आचार्य

झापा – प्रदेश १ सरकारको बागडोर सम्हाल्न पुगेका मुख्यमन्त्री भीम आचार्य सत्ताको ‘मधुमास’ नसकिँदै संकटमा परेका छन्। नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि एमालेका १० जना प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा गएका कारण आचार्यको सत्ता संकटमा पुगेको हो। विश्वासको मत लिन नपाइ आचार्य अल्पमतमा परेका हुन्। प्रदेश सरकारमा एमालेको विभाजन जोगाउन भन्दै पूर्व मुख्यमन्त्री शेरधन […]