धनुषाबाट नायब सुब्बा घुससहित पक्राउ

 जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुस सहित पक्राउ परेका छन् । मंगलबार जनकपुरधाम स्थित प्रशासन कार्यालयका कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीले नागरिकताको प्रतिलिपि बनाउन एक सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।नायब सुब्बा उमेश कुमार चौधरीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले पक्राउ गरेको छ । नासु चौधरीलाई जनकपुरधाम स्थित क्याम्पस चोकबाट ८ हजार ५ सय रुपैयाँ घुससहित पक्राउ गरिएको बर्दिबासस्थित अख्तियार आयोगको कार्यालयले जनाएको छ । पक

सम्बन्धित सामग्री

वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ

काठमाडौँ- वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार […]

वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ३२ हजार घुससहित पक्राउ पर‍ेका छन् । वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टंगालबाट खटिएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० […] The post वैदेशिक रोजगार विभागका नायब सुब्बा ३२ हजार घुससहित पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

२९ कात्तिक, काठमाडौं ।  वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका […]

नागरिकताको प्रतिलिपि बनाउन घुस लिने नासु पक्राउ

जनकपुरधाम– नागरिकताको प्रतिलिपि बनाउन घुस लिने एकजना नायब सुब्बा घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत्त रहेका नासु उमेश कुमार चौधरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले जनाएको छ। नासु चौधरीलाई जनकपुरधामको क्याम्पस चौकबाट ८ हजार ५ सय घुससहित पक्राउ गरिएको अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ। पक्राउ परेका चौधरीलाई अख्तियारको […]

मालापोत कार्यालय बाराका निमित्त प्रमुख ६ लाख घुससहित पक्राउ

८ फागुन, वीरगञ्ज । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो । ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन […]

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु र लेखापढी घुससहित पक्राउ

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका नायब सुब्बा र लेखापढी घुससहित पक्राउ परेका छन्।

हरिवन मालपोतका २ कर्मचारी घुससहित पक्राउ

सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट २ कर्मचारी घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालयका १ नायब सुब्बा र १ लेखापढी व्यवसायी घुस रकमसहित बिहीवार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायब सुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई ११ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संश...

भन्सारका नायब सुब्बा डेढलाख घुससहित पक्राउ

जनकपुरधाम : जनकपुरधामबाट भन्सारका एक कर्मचारीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर भन्सार कार्यालयका नायव सुव्वा अहमद रजा अन्सारी छन्। अख्तियार दुरुपायोग अनुसन्धान बर्दिबासको टोलीले सोमबार साँझ नासु अन्सारीलाई एक लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ। उनलाई आवश्य...

मालपोतका नायब सुब्बा घुससहित पक्राउ

वीरगञ्ज । मालपोत कार्यालय महोत्तरीका नायब सुब्बालाई घुस खाएको रकमसहित पक्राउ गरिएको छ । सेवाग्राहीसँग घुस लिएको रकमसहित नायब सुब्बा ढकबहादुर कार्कीलाई पक्राउ गरिएको हो । कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का ...

सिंहदरबारको मुखैमा घुससहित नायब सुब्बा पक्राउ

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा जुनेश सापकोटालाई १० हजार घुससहित पक्राउ गरिएको छ ।  आयोगका प्रवक्ता कालीप्रसाद पराज